औषधि जनतासम्म पुर्‍याउन मुख्यमन्त्री पाण्डेको निर्देशन « Khabarhub

औषधि जनतासम्म पुर्‍याउन मुख्यमन्त्री पाण्डेको निर्देशन


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधि र स्वास्थ्य उपकरण स्वास्थ्य संस्थामार्फत जनतासम्म पुर्‍याउन निर्देशन दिएका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि तथा स्वास्थ्य उपकरण भण्डारण कक्षको आज निरीक्षण गर्दै उनले स्वास्थ्य जनताको जीवनसँग जोडिएको संवेदनशील क्षेत्र उल्लेख गर्दै औषधि थन्काएर राख्ने नभई सक्दो जनताकहाँ पुर्याउनुपर्ने बताए ।

मङ्गलबार पोखरामा आयोजित एक कार्यक्रममा प्रदेशका विभिन्न पालिकाका जनप्रतिनिधिले औषधि, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए । उक्त गुनासोसँगै आज उनी भण्डारण कक्षको निरीक्षण गर्दै त्यहाँका कर्मचारीसँग औषधि थन्काएर राखेको, स्थानीय तहमा नपठाएको हो ? भन्ने प्रश्न गरे ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्माले स्वास्थ्यको प्रोटोकलअनुसार १० प्रतिशत औषधि इमर्जेन्सीका लागि स्टक राख्नुपर्ने नियम रहेकाले सोहीअनुसार मात्रै स्टोरमा औषधि रहेको जानकारी गराए ।

सबै प्रकारका औषधि अझै १० प्रतिशत अपुग रहेको भन्दै उनले भएका औषधि जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पु¥याउन नसकेको बताए । इमर्जेन्सीका लागि बाहेक औषधि स्टक नरहेको उनले जानकारी गराएका थिए ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ८ : ५४ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र