बागलुङमा ‘नगरका छोरी’ कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

बागलुङमा ‘नगरका छोरी’ कार्यक्रम सञ्चालन


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिकामा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरका छोरी’ कार्यक्रम ल्याएको छ ।  

बागलुङ नगरपालिकाले  आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा नगरका छोरी कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मने छोरीको बैंक खाता खोलेर तत्कालै पाँच हजार जम्मा गरिदिने नीति लिएको छ । 

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले छोरीको जन्म भएपश्चात् छोरीको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा सम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरका छोरी कार्यक्रम अगाडि बढाइने नीति तथा कार्यक्रम ल्याएका हुन् ।

नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीयरुपमा उच्चतम् ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए ।

‘अबदेखि नगरपालिकाभित्र जन्मने सबै छोरीहरू नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनीहरूको बैंक खाता खोलेर पाँच हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्’, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुनेछ, छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरितसमेत हुनेछन् ।’

हाम्रो समाजमा छोरी जन्मिए पश्चात् आमा र नवजात शिशुलाई गरिने  दुर्व्यवहार, गर्भावस्थामा भ्रूणको जाँच, भ्रूणहत्या र छोरीप्रतिको गलत दृष्टिकोणलाई चिर्दै नारी सम्मानका लागि नगरका छोरी कार्यक्रम ल्याइएको नगरपालिकाको भनाइ छ ।

नगरप्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरिएको छ । नगरपालिकाले कुकुर नियन्त्रण र नियामन गर्न ‘डग होस्टेल’ कार्यक्रमसमेत ल्याइएको छ । 

नीति तथा कार्यक्रममा आर्थिक विकासतर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी, निःशुल्क कृषि परामर्श सेवा, गरौँ कृषि उत्पादन हातमा, प्रकोप परे बिमा छ साथमा लगायतको नीति अवलम्बन गरिएको छ ।

यस्तै जग्गा धनी र कृषकलाई जोडौँ जमिन बाँझो नछोडौँ भन्दै बाँझो जग्गा सदुपयोग गर्ने नगरको नीति रहेको छ ।

यस्तै पर्यटनतर्फ कृष्णगण्डकी सभ्यता पर्यटन विकास गुरुयोजना अगाडि बढाइने, बागलुङ घुम्न जाऔँ अभियान चलाइने, आफू जन्मेको माटो, आफू हिँडेको बाटो कार्यक्रममार्फत युवालाई स्वदेश फर्काउने, शैक्षिक गुणस्तर वृद्धिका लागि अविभावकसँग नगर प्रमुख कार्यक्रम सुरु गरिने नीति लिएको नगर प्रमुख श्रेष्ठले बताए ।

यसैगरी पढ्दै कमाउँदै, कमाउँदै सिक्दै अभियान ल्याउने, विषय विज्ञ शिक्षकलाई घुम्ती शिक्षकको रुपमा परिचालन गर्ने, स्वास्थ्यप्रतिको सचेतना, सुत्केरी महिलालाई पोषणयुक्त खाना, ‘बागलुङ नगरी स्वास्थ्य संस्थामा डेलिभरी’ भन्ने नारालाई कार्यान्वयनमा लैजाने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

ज्येष्ठ नागरिक, असहाय र आर्थिक विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने, खेल प्रशिक्षक र खेलाडीलाई प्रोत्साहन गर्ने, दिगो सडक निर्माणमा ध्यान दिने, एक वडा एक नमूना पूर्वाधार अगाडि बढाउने नगरको नीति रहेको छ ।

नगरपालिकाले श्रम बैंक निर्माण गर्ने, तामाखानीको अध्ययन गर्ने, मेयर मेरो साथी कार्यक्रम सञ्चालन गर्नेलगायतको नीति लिएको हो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : १४ बजे

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी