०६२–६३ को परिवर्तनले देश र जनताको हित गरेन : कमल थापा « Khabarhub

०६२–६३ को परिवर्तनले देश र जनताको हित गरेन : कमल थापा


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले ०६२–६३ को परिवर्तनले देश र जनताको हित नगरेको बताएका छन् ।

राप्रपाका नेता पूर्वमन्त्री एवं उपसभामुख स्वर्गीय रामविलास यादवको महोत्तरीस्थित एकडारा गाउँ पालिकामा निर्मित सालिककाे अनावरण गर्दै उनले सो परिवर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृति र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रुपमा बढेको आरोप लगाए ।

उनले निष्ठा, इमानदारी र आदर्शको राजनीति कमजोर भएको भन्दै केही सीमित दलका सीमित नेताहरूको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको बताए ।

ठूलाठूला भ्रष्टाचार काण्डमा आफूलाई ठूला भन्ने राजनीति दलका नेताहरूको संलग्नता रहेको भन्दै थापाले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि कानूनलाई समेत हातमा लिने दुश्प्रयास भैरहेको बताए ।

अध्यक्ष थापाले यस्तो अक्षम्य काम नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे । लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइएको भन्दै थापाले राजा, हिन्दुराष्ट्र ,एकात्मक राज्य प्रणाली अन्त्य पछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरुले आज मुलुकलाई कहाँ पुर्याए भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १२ : ११ बजे

प्रधानमन्त्रीलाई प्रचण्डले भने- गम्भीर भएर सदनलाई व्यवस्था गरे ठूलो मूल्य चुकाउन पर्ला

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले वालेन्द्र

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य