नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङ गर्दै | Khabarhub Khabarhub

नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङ गर्दै


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ ।

जिम्बावेको ताकासिंगा स्पोर्टस्  क्लबको मैदानमा जारी खेलमा टस जितेर नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

सुपर सिक्समा पुग्ने सम्भावना जीवित राख्न नेपालले नेदरल्यान्ड्ससँगको खेल जित्नै पर्ने दबाब छ । पराजित भएको खण्डमा नेपाल समूह चरणबाट बाहिरिने छ ।

नेपालले यसअघिका तीन खेलमा एकमा जित र दुईमा हार बेहोरेको छ । नेपाल आफ्नो पहिलो खेलमा जिम्बावे र तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो । 

प्रतियोगितामा नेपाल सहित १० टोली प्रतिस्पर्धामा छन् । नेपाल रहेको समूह ‘ए’ मा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन् । समूह ‘बी’ मा ओमान, स्कटल्यान्ड, श्रीलंका, आयरल्यान्ड र यूएई छन् । 

यीमध्ये फाइनलमा पुग्ने दुई टोली १३औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । आठ टोली यसअघि नै छनोट भइसकेका छन् । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १२ : ४७ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई