डच टिमसँग ७ विकेटले हारेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै | Khabarhub Khabarhub

डच टिमसँग ७ विकेटले हारेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले केबल २७ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले सर्वाधिक ९० रन बनाए ।

७५ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी, डच टोलीका बज डेलिडले ४१ र वेस्ली बारेसीले ३० रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । त्यसअघि नेपालले नेदरल्याण्ड्ससामु १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६७ रन बनाएपछि नेदरल्याण्ड्सले १ सय ६८ रनको लक्ष्य पाएको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ५५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा डच टोलीका लोगन भान बिकले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी, बज डेलिड र विक्रमजीत सिंहले समान २ विकेट लिए ।

यससँगै यसपालीको विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ६ : ३० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’