डच टिमसँग ७ विकेटले हारेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै « Khabarhub

डच टिमसँग ७ विकेटले हारेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले केबल २७ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले सर्वाधिक ९० रन बनाए ।

७५ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी, डच टोलीका बज डेलिडले ४१ र वेस्ली बारेसीले ३० रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । त्यसअघि नेपालले नेदरल्याण्ड्ससामु १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६७ रन बनाएपछि नेदरल्याण्ड्सले १ सय ६८ रनको लक्ष्य पाएको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ५५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा डच टोलीका लोगन भान बिकले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी, बज डेलिड र विक्रमजीत सिंहले समान २ विकेट लिए ।

यससँगै यसपालीको विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ६ : ३० बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो