धान सप्रियोस् भनेर थारु समुदायमा ‘हरेरी पूजा’ « Khabarhub

धान सप्रियोस् भनेर थारु समुदायमा ‘हरेरी पूजा’


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

टीकापुर– थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनेर ‘हरेरी पूजा’ गर्नमा व्यस्त छन् । खेतमा रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष यो पूजा गर्ने परम्परागत रहिआएको छ ।

अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ । पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्ने गर्छन् । हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिकरुपमा गर्ने गरिन्छ ।

विशेष गरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेकोे टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए । धानमा लाग्ने गुभिया, गाँधी, फट्याङ्ग्रालगायतका सत्रु किरा धपाउनका लागि हरेरी पूजा गर्ने गरेको उनको भनाइ छ ।

प्रत्येक गाउँमा आफ्नै अनुकूलमा हरेरी पूजा गर्ने गरेको किसान बताउँछन् । ‘हरेरी पूजामा सात मुखे दियालोमा बत्ती बालेर मुरहा, सुच्चा, पाँच पाण्डव, जोगेठ्वा, रक्सा, कालिका, पूर्वेनी भवानी, बघेस्री, राज रजवार र जम्जुट्वा गरी १० देउताको पूजा गरिन्छ’, किसान राधा चौधरीले भनिन्, ‘पूजा गरेपछि खेती सप्रन्छ भन्ने विश्वास छ ।’

कुनैकुनै गाउँमा थारु किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन् । यो पूजा नभएसम्म थारु गाउँमा मादल बजाउन नपाइने नाचगान नपाइने प्रचलनसमेत रहेको टीकापुर वनगाउँका तेजबहादुर चौधरीले बताए ।

यसरी दिउँसो सुरु गरेको पूजा रातभर थारु समुदायका प्रत्येक घरका किसानले भल्मन्सा अथवा बड्घरको घरमा दियो बालेर जाग्राम बस्छन् । दूध सङ्कलन गर्ने र विशेष पूजा गरी खिर भन (खेतको मुहानमा हालिने विषादी) बनाई नुहाएर खेतभरिको पानी हाल्ने गरामा छर्किन्छन् । यसरी पूजा गर्दा धान बालीमा किरा नलाग्ने विश्वास छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ०६ बजे

अदालतको आदेशविपरीत हेटौँडा बजारमा किन चल्यो डोजर ?

काठमाडौं- शुक्रबार साँझ सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना

एनपीएल : टस जितेको पोखराले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं- कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा

अदानचुलीका सडक स्तरोन्नति गरिँदै

अदानचुली– अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी