स्वास्थ्य मन्त्रालयद्वारा देशभरका औषधी पसलमा अनुगमन « Khabarhub

स्वास्थ्य मन्त्रालयद्वारा देशभरका औषधी पसलमा अनुगमन


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधी पसलमा अनुगमन गरेको छ । 

मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशभरका औषधी पसलमा एकसाथ अनुगमन गरेको हो । काठमाडौंमा रहेका केही औषधी पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्किएका थिए ।

सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधीहरू राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधीहरू पनि राखिएको भेटिएको छ ।

नमूना प्रति औषधी र म्याद गुज्रिएका औषधी भेटिएपछि ललितपुरमा एक औषधी पसललाई कारवाही समेत गरिएको छ । मन्त्री बस्नेतले औषधी पसललाई व्यवस्थित गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए ।

उनले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाउने भन्दै निरन्तर अनुगमन जारी रहने बताए । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  २ : ४५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ

आज २०८३ साल जेठ २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट