मुस्लिम नेता रजाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त « Khabarhub

मुस्लिम नेता रजाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले पार्टी धनुषाका महाधिवेशन प्रतिनिधि एवं नेपाल हज समितिका पूर्वअध्यक्ष मोहम्मद शोएब रजाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी नेपाल मुस्लिम सङ्घका संस्थापक केन्द्रीय सदस्यसमेत रहनुभएका रजाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

विसं २००७ असोज २ गते जन्मनुभएका स्वर्गीय रजाले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । चार दशकभन्दा लामो समय शिक्षण पेशामा आबद्ध हुनुभएका स्व रजाको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको कांग्रेसले बताएको छ ।

रजाको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । “नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व रजाले निर्वाह गर्नुभएको सक्रिय भूमिका स्मरणीय छ”, सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले दिवङ्गत आत्माको चिरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : १४ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर