राष्ट्रपति पौडेलद्वारा गौरा पर्वको शुभकामना | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा गौरा पर्वको शुभकामना


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने यो पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

उनले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रसन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन्।

राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ६ : ३६ बजे

सबै किसिमका भ्रष्टाचार छानबिन गर्ने सरकारको योजना

काठमाडौं–सरकारले सानाठूला सबै तहमा भएको भ्रष्टाचारको छानबिन गर्ने योजनासहित आगामी

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

नीति तथा कार्यक्रम : एमालेको सत्तारोहणसँगै फर्कियो ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’

काठमाडौं – आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रममा नेकपा

लघुवित्तका ऋणीहरूको कर्जा पुनर्ताजगीकरण गरिने

काठमाडौं- सरकारले लघुवित्तका ऋणीहरूको कर्जालाई पुनर्ताजगीकरण गर्ने जनाएको छ ।

९८ प्रतिशत नेपालीका घरमा पुग्यो विद्युत्

काठमाडौं – नेपालको ९८ प्रतिशत जनतामा जलविद्युत पुगेको सरकारले जनाएको