निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जना कामदारको मृत्यु « Khabarhub

निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जना कामदारको मृत्यु


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर पर अवस्थित सैराङ क्षेत्रमा भएको हो । पूर्वोत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सब्यसाची डेले रेलवे अधिकारीहरूको एउटा टोली घटनास्थलमा पुगेको थियाे । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भईनसकेको बताइएको छ ।

यसैबीच, घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई रु दुई लाख क्षतिपूर्ति दिइने जनाएको छ ।

प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका