रुसमा विमान दुर्घटना हुँदा वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु | Khabarhub Khabarhub

रुसमा विमान दुर्घटना हुँदा वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ ।

रुसको नागरिक उड्डयन एजेन्सीका अनुसार विमानमा सवार सबैको मृत्यु भएको छ। विमान राजधानीबाट करिब ३०० किलोमिटर उत्तरमा टभर क्षेत्रको कुझेनकिनो गाउँ नजिकै दुर्घटना भएको हो।

जहाजमा तीन जना चालक दलका सदस्यसहित १० जना सवार थिए। प्रारम्भिक जानकारीका अनुसार जहाजमा सवार सबैको मृत्यु भएको छ,’ रुसको आपत्कालीन अवस्था मन्त्रालयले भनेको छ।

यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन ।

रुसको संघीय हवाई यातायात एजेन्सी रोसाभिएट्सियाले प्रिगोजिन र वाग्नर समूहका कमाण्डर दिमित्री उटकिनसहित सात यात्रुहरूको नाम प्रकाशन गरेको छ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : २१ बजे

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न