जलवायु परिवर्तन र आप्रवासी समस्यामा युरोप | Khabarhub Khabarhub

जलवायु परिवर्तन र आप्रवासी समस्यामा युरोप


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आगलागीका कारण बुधबार साँझसम्म २० जनाको ज्यान गइसकेको छ। राजधानी एथेन्स र एभ्रोसको नजिकको सो आगलागीका कारण ग्रिस अहिले आक्रान्त छ। मर्ने मध्येका १८ जना हालै अलेक्जान्द्रा पोलिस सहर नजिकैको जङ्गलको बाटोबाट लुकेर त्यहाँ पुगेका आप्रवासी छन्।

ग्रिस सरकारले मृतकप्रति गहिरो समवेदना व्यक्त गरेको छ। त्यहाँ आगो लागेको पाँच दिन भइसकेको छ। आगो नियन्त्रकले एथेन्सको उत्तर पश्चिममा रहेको परनीथा पहाडको भिरालोबाट आगो निभाउने निरन्तर प्रयास गरीरहेका छन्। ४० डिग्री भन्दा बढीको तापक्रम तथा हुरीका कारण उनीहरूका सबै प्रयास निरर्थक भएका छन्।

सरकारका प्रवक्ता पाव्लो कारिनकासले सो जङ्गलमा बसोबास गर्नु नै उनीहरूको दुर्भाग्य भएको प्रतिक्रिया दिएका छन्। त्यहाँ दुर्घटनाको सङ्केत पाएपछि सन्देश पठाइए पनि उनीहरू नभागेको सरकारका प्रवक्ताले जनाएका छन्।

थुप्रै बाधा अड्चन, डकैती, र ज्यान जाने अनेकन् सम्भावनासँग जुध्दै ती आप्रवासी र शरणार्थी युरोप पुग्ने गरेका छन्।भू-मध्य सागर पार गर्नु त उनीहरूका लागि धेरै जोखिम कै कुरा हो। भूमध्य सागर पार गर्ने क्रममा नै धेरै जनाको ज्यान गएको समाचार पनि बाहिर आएका छन्।

आगो नियन्त्रक प्रवक्ता यार्नेनीस अर्टोपीयसका अनुसार कुनै घरमा मानिस हराएको समाचार अहिलेसम्म प्राप्त भएको छैन। अहिले मर्नेहरू धेरै जसो एभ्रो नदी हुँदै टर्कीको सीमा पार गरेर त्यहाँ पुग्नेहरू छन्। अहिले युरोप प्रवेश गर्नेका लागि घना जङ्गल र नदी नै मुख्य प्रवेशद्वार बनेको छ।

मृतक सबै पुरुष हुन्। ५ सय मिटरको रेडियसमा ती सबै शव भेटिन्छन्। पोस्ट मार्टमका लागि उनीहरूको शरीर अलेजन्द्रा पोलिस लगिएको छ। उनीहरूका आफन्त शव बुझ्न नआउने तथा सबै विदेशी भएका कारण पहिचानको काम अत्यन्त कठिन छ।

एक जना सिरियालीले चार दिनदेखि सम्पर्कमा नरहेका आफ्ना काकाको छोरा मरेको आशङ्का गरेका छन्। ती सिरियाली आफ्ना देशका केही साथी तथा अन्य अफगानी र इराकीसँग मिलेर जङ्गलको बाटो हुँदै युरोपतर्फ गएका थिए।

कुनै पनि सिरियाली त्यहाँबाट फर्काइने डरले टर्कीका अधिकारीको सम्पर्कमा पुगेका छैनन्। ग्रिस प्रहरीले दिएको जानकारी अनुसार अगस्टमा मात्र ९ सय जनाले अवैध रूपले प्रवेश गर्ने योजना बनाएका थिए। ओसार पसारमा संलग्न एक सय जना भन्दा बढी गिरफ्तार भएका छन्। त्यहाँका धेरै जना अन्य अपराधी कामसँगै मानव तस्करीमा संलग्न छन्।

मध्यरातमै गुडी रहेको लरीमा चढ्ने प्रयास समेत त्यहाँ हुने गरेको छ। केही दिन अघि एक हुल युवाले सोही प्रयास गरेका थिए। ती मध्येका एक युवामाथि उक्लन सफल भए भने अन्य भुईँमा पछारिएका थिए। त्यसपछि उनीहरूको हालतका बारे धेरैलाई अत्तोपत्तो छैन। अलेजान्द्राडो पोलिसका धेरै जना अहिले डराइ रहेका छन्। यसरी आउने शरणार्थी जङ्गलमा लुकेर बस्ने र उनीहरूकै कारण आगलागी भइरहेको ग्रिस अधिकारीको अनुमान छ।

प्रमाण कुनै फेला नपरे पनि गत साता अलेजान्द्राडोपोलिसका मेयरले राति आगो बाल्दा सल्किएको बताएका छन्।

एउटा कारमा आगो लगाउन खोजेको भन्दै एक जनाले केही आप्रवासीसँग झगडा गरेका थिए। उनले आप्रवासीलाई समातेको भिडियो पनि सार्वजनिक भएको छ। ती व्यक्तिले आप्रवासीले ग्रिसलाई आगोमा दन्काउन खोजेको आरोप लगाएका छन्।

आप्रवासीलाई समातेर थुनेको आरोपमा उनी र अन्य दुई सहयोगीलाई प्रहरीले गिरफ्तार गरेको हो। उनीहरूले सिरिया र पाकिस्तानका समेत गरी कुल १३ आप्रवासीलाई बन्दी बनाएका थिए।

अहिले सर्वोच्चका अभियोजक जर्जीया एडलीयसले त्यहाँ भएको आगलागी र बढ्दो हिंसाको छानबिन गर्न दुवै पक्षलाई छानबिनका लागि बोलाएको छ।

अर्कोतर्फ टर्कीको पश्चिमी भागमा भएको अर्को आगलागीले ११ गाउँका एक हजार २ सय जनालाई विस्थापित गरेको छ। त्यसो त पछिल्लो समय एथेन्समा लागेको आगो पनि कम्तीको घातक थिएन। तीन जना नर्सलाई त्यहाँबाट विस्थापित गरेको छ। यसैगरी लानेअ नोसियाका हजारौँ विस्थापित भएको ग्रिस अधिकारीले जनाएका छन्।

अहिले दक्षिणी युरोप तातो हावा र आगालागिको केन्द्र बनेको छ। पछिल्लो समय ग्रिसमा देखिएको यो समस्यामा आप्रवासीलाई दोषी देखाइए पनि यहाँ पनि अत्यन्त उच्च तापक्रमको कारण जनजीवन नै समस्या ग्रस्त थियो।

ग्रिसमा मात्र उच्च तापक्रमको असर युरोपमा नै त्यसै गरी परेको थियो। जुलाई महिनामा सिसिलीको तापक्रम ४६ डिग्री नाघेको थियो। इटालीका त सोही सममा सरकारले अशक्त मात्र होइन जो कोही पनि उच्च तापक्रमका कारण बिरामी हन सक्ने सम्भावना आँक्दै घरबाट बाहिर ननिस्कन भनेको थियो। जुलाई र अगस्ट महिना संसारमा तातो हावा, उच्च वर्षा र डढेलाको सिकार भएको थियो।

यसका कारण सामान्य देश मात्र होइन संसारका शक्ति राष्ट्र पनि प्रभावित भएका थिए। सोही समयमा जलवायु वैज्ञानिकले तातो हावाको बहाव अझ छिटो हुने जनाएका थिए।

यसको असर जुलाई महिनामा नै ग्रिसमा परेको थियो। जुलाई मध्यकै तथ्यांक अनुसार एक हजार दुई सय जना बच्चा समर क्याम्पमा नै रहको समयमा अप्ठेरो परेपछि उद्धार भएको थियो। ग्रिसका उत्तर डेभारन्चीयामा त स्याटलाइटबाट हेर्दा जताततै धुवाको मुस्लो देखिन्थ्यो।

ग्रिसमा समस्या बढीरहेकै समयमा स्पेनिस टापु ला पाल्मामा भएको आगलागीका कारण २० घर विस्थापित भएका थिए। जुलाई महिनामा नै जलवायु वैज्ञानिकले स्पेन, इटाली र ग्रिसमा खतराको सङ्केत गरेका थिए। जुलाई महिनामा नै स्पेनमा ४४ तथा बालाउडीमा ४५ डिग्री सेल्सियस तापक्रम नाघेको थियो। यसरी तापक्रमको ग्राफ उकालो लागिरहेकै समयमा अन्तर्राष्ट्रिय रेडक्रसले बढ्दो दुर्घटनाबाट बच्न सावधानी अपनाउन भनेको थियो।

अहिले युरोपमा दुई वटा बहससँगै उठेको छ। एकातर्फ जलवायु परिवर्तन र त्यसले ल्याउने प्राकृतीक विपत्ति मुख्य बहसको विषय बनेको छ। पछिल्लो समय तेस्रो विश्वका धेरै नागरिकको युरोप मोहका कारण आप्रवासी समस्याले युरोपलाई अझ गाँजेको छ। कुनै पनि उपाय अपनाएर युरोप र अमेरिका जान चाहनेहरूले उठाएको जोखिम साँच्चै आश्चर्यजनक छ।

युद्धरत , गरिबीले आक्रान्त र मानव अधिकार हनन भएको देशका नागरिक यसरी युरोप र अमेरिका जान कुनै पनि जोखिम उठाउन तयार हुन थालेका छन्। यसरी त्यहाँ जान चाहनेमा अफगानिस्तान, पाकिस्तान र सिरियाका धेरै छन्। जङ्गलको बाटो हुँदै त्यहाँ जानेहरूको जीवनमा आएका दुर्घटनाका समाचार बाहिर आइरहेका छन्।

सायद युरोपले आप्रवासी र जलवायु परिवर्तनका कारण प्रभावमा बारे केही महत्पूर्ण नीति तत्काल लिनेछ।
स्रोतः बीबीसी

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ८ : ०३ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय