मीड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट « Khabarhub

मीड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मीड सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४८४ जनालाई छनौट गरी १० कित्ताका दरले आईपीओ बाँडफाँट गरेको जनाएको छ ।

कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ३१ हजार ५२२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २ सय कित्ता सेयरको लागि आवेदन परेको थियो ।

यो मध्ये विभिन्न कारणबाट १ हजार ८६७ जना आवेदकहरुबाट प्राप्त ५८ हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको थियो । यस्तै, आवेदन रुजु गर्दा थप ७ जना आवेदकबाट २६० कित्ता सेयरको लागि प्राप्त आवेदन रितपूर्वक नदेखिएकाले उक्त आवेदन पनि रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

बाँकी हुन आएको २९ हजार ६४१ जना आवेदकहरुबाट प्राप्त ६ लाख ४५ हजार ३०० कित्ता सेयर गोलाप्रथाका लागि योग्य ठहरिएको थियो । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सकिनेछ ।

साथै, सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १० : ०५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका