धान बालीमा गबारो र पात बेरुवा किरा देखियो | Khabarhub Khabarhub

धान बालीमा गबारो र पात बेरुवा किरा देखियो


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

डुम्रे– तनहुँमा धान बालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो ।

गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले जानकारी दिए। ‘किरा नास गर्न काम थालिसकेका  छौँ’, उनले भने। उनका अनुसार यस क्षेत्रको करिब २० रोपनी क्षेत्रफलको धान बालीमा खाद्यत्व कमी देखिएको छ ।
गत वर्ष उक्त क्षेत्रमा समस्या देखिएपछि माटोको परीक्षण गरी किसानलाई परामर्श दिइएको थियो । समस्या समाधानका लागि विभिन्न उपाय कृषकलाई सिफारिस उपयोग गर्न आग्रह गरिएको शाखा प्रमुख घिमिरेले बताए । ‘गत वर्षको तुलनामा कम भएको छ, यस वर्ष पनि देखिएकाले समाधान समयमा गर्नेछौँ’, उनले भने ।

खेतबारीमा धेरै झार, घाँस रहन नदिई सरसफाइ गरेर किराबाट बचाउन सुझाव दिइएको गाउँपालिकाले जनाएको छ । खाद्यत्व कमी भएका खेतबारीमा कृषि प्राविधिकले सिफारिस गरेका परिमाणमा रासायनिक मल प्रयोग गरेमा यस्ता समस्या छिट्टै समाधान हुने उनको भनाइ छ । विगतका समस्या यस वर्षमा नदोहोरियोस भनेर अनुगमन र समाधानका उपाय अपनाउन कृषकलाई सुझाव दिइएको शाखाले जनाएको छ ।

गत वर्ष देखिएको मिली बग देखिएकाले आफ्नो बालीको स्थितिको जानकारीका लागि समय समयमा अनुगमन र निरीक्षण गरी समाधानतर्फ लाग्न सुझाव दिइएको कृषि शाखा प्रमुख घिमिरेले बताएका छन्। उनका अनुसार मिलि बग रोग लागेका खेतीमा कम्तीमा हप्ताको एक पटक अनुगमन तथा निरीक्षण गर्नुपर्छ । किसानलाई धान बालीमा खाद्यत्वको कमी हुन नदिनका लागि एनपिकेको फोलिएर स्प्रे गर्नुपर्ने सुझाव दिइएको छ ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले भने, ‘पानी नपर्दा देखिने किरा हो, पानी परिरहेकाले अब बिस्तारै हराउँछ ।’ केही दिन सुक्खा भएको अवस्थामा यो किरा देखिएकाले त्यस क्षेत्रका किसानलाई पोटास लगेर धान बालीमा छर्कन सुझाव दिइएको उनले बताए।

म्याग्दे क्षेत्रमा यो समस्या देखा परे पनि अन्य स्थानमा यस्ता समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । खेतमा सुक्खापन देखिनासाथ किराको सङ्क्रमण देखिने भएकाले खेतमा पर्याप्त मात्रामा पानी र मल राख्नुपर्ने प्रमुख तिवारीले बताए । वर्षाले यस्तो समस्या आफैँ समाधान हुँदै जाने उनले जानकारी दिए। तनहुँमा आठ हजार तीन सय २० हेक्टर क्षेत्रफल जमिनमा धानखेती भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७९-८० मा कार्यालयले धान प्रवर्द्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आवमा धान खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको तुलनामा रकम बढाएर रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १० : ४२ बजे

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाडौं – भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता

एनसेलले २० अर्ब बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यही जेठ १५ गतेभित्र 

क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं– बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको

कश्मिरको लागि ६ दशमलव ८ करोड डलरको राहत घोषणा

पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तान प्रशासित कश्मीरको लागि

बालुवाटारमा कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका छन्