हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क « Khabarhub

हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मनहरी– हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरूप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले बताए ।

प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआइसियु र आइसियुबाहेक शय्या निःशुल्क रूपमा उपलब्ध गराउनु भनी आएको निर्देशनअनुसार आफूहरूले सेवा दिन थालेको प्रसाईँले बताए । यसअघि अस्पतालमा प्रतिबेड प्रतिदिन रु दुई सय शुल्क लाग्दै आएको थियो ।

यो निर्णयसँगै १३ जिल्ला अस्पतालबाट नागरिकले आठ सय ११ शय्याबाट निःशुल्क सेवा पाउन थालेका हुन् । यस्तै प्रदेश मातहतका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनःस्थापना र फिजियोथेरापी सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराउन सुरु गरिएको छ ।

प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ अनिवार्यरूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ । स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धि गर्न प्रदेश सरकारले अस्पतालका शय्या निःशुल्क गर्ने निर्णय गरेको र कार्यान्वयन गरिएको जानकारी दिए ।

उनले सरकारले निःशुल्क गरेको सेवा लिनलाई नागरिकलाई आग्रहसमेत गरेका छन् । स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्गता भएका, विपन्न बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  १ : ११ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका