आरनलाई प्रविधिमैत्री बनाउन नवलपुरको बौदीकाली गाउँपालिकाको सहयोग | Khabarhub Khabarhub

आरनलाई प्रविधिमैत्री बनाउन नवलपुरको बौदीकाली गाउँपालिकाको सहयोग


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी- नवलपुरको बौदीकाली गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ । आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले विभिन्न आधुनिक औजार सहयोग गरेको हो ।

गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिलाई यसको सुधार गर्दै प्रविधिमैत्री बनाउन तथा व्यवसाय प्रवर्दधनका लागि विभिन्न सामग्री सहयोग गरेको हो ।

गाउँपालिका भित्र रहेर परम्परागत रुपमा आरन व्यवसाय गर्दै आएका १६ जनालाई उनीहरूको पेसा थप व्यवस्थित बनाउन आवश्यक औजार सहयोग गरेको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए ।

आरन व्यवसाय सङ्कटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जीविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउँदै यसमा आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखी सहयोग प्रदान गरेको अध्यक्ष ओझाले बताए ।

“गाउँघरमा अझै पनि आरन व्यवसायबाटै गुजारा चलाउने धेरै हुनुहुन्छ, यो पेसा व्यवस्थित बनाउँदै लैजाने, पेसा नै सङ्कटमा पर्ने अवस्था रोक्ने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखेको र सोहीअनुसार सहयोग गरिएको हो”, अध्यक्ष ओझाले भने ।

परम्परागत सीपलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ आधुनिक औजार सामग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष ओझाले बताए । आधुनिक औजारले कम श्रममा बढी आम्दानी लिन साथै गुणस्तरीय उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको उनले बताए । आरन सुधार कार्यक्रमअन्तर्गत विद्युतीय पङ्खा, ग्रेडर, रेटि, प्लायर, सुरक्षित पञ्जा, चश्मालगायतका सामग्री प्रदान गरिएको हो ।

गाउँपालिकाले आरन सुधारसँगै दलित प्रवद्र्धन तथा सशक्तीकरण कार्यक्रममार्फत पालिकाभित्र सिलाइकटाइ गर्ने ३२ जनालाई सिलाइ मेसिन सहित सिलाइ सामग्री हस्तान्तरण गरेको छ । यसैगरी जुत्ताचप्पल सिलाउने सामाग्री दुई जनालाई हस्तान्तरण गरिएको छ ।

सिलाई पेशा गर्दै आएकालाई सिलाइ मेसिनसहित आइरन, कैँची, इन्टरलक मेसिन, झोला ज्याकेट सिलाउने मेसिनलगायतका सामग्री हस्तान्तर गरिएको अध्यक्ष ओझाले बताए ।

परम्पराग तरुपमा आरन, कपडा सिलाइ तथा जुत्ताचप्पल सिलाइका पेसा गर्दै आएकाहरुलाई उत्प्रेरित गर्दै स्वरोजगारमूलक यस्ता खालका पेसालाई प्रवद्र्धन गर्न पालिकाले सहयोग गरेको अध्यक्ष ओझाले जानकारी दिए ।

पालिकाले आरान सुधार कार्यक्रम ल्याएर आफूहरूको पेसाको सम्मान तथा थप यो पेसालाई सुधार गर्न सहयोग गरेकामा बौदीकाली–३, रकुवाका हुमबहादुर सुनारले खुसी व्यक्त गरे । यसले आफ्नो पेसालाई थप व्यवस्थित बनाउन सहयोग पुगेको उनको भनाइ छ ।

सामान्य आम्दानी हुने र आफूहरूले थप लगानी गरी सामग्री खरिद गर्नसमेत नसक्ने अवस्थामा पालिकाले जुत्ताचप्पल सिलाउने सामग्री प्रदान गरेकामा बौदीकाली–६ का लक्ष्मण सार्कीले खुसी व्यक्त गरे ।

गाउँपालिकाले दलित प्रवद्र्धन तथा सशक्तीकरण कार्यक्रममा विनियोजन गरेको रु छ लाख र आरन सुधार कार्यक्रमका लागि विनियोजन गरेको रु तीन लाख ५० हजार गरी कूल रु नौ लाख ५० हजारका विभिन्न सामग्री खरिद गरि हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  २ : १५ बजे

इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण

दमास्कस– इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित

प्रधानमन्त्रीलाई माओवादी केन्द्रले बुझायो ध्यानाकर्षणपत्र

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी,

खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको

एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट