मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न सकिन्न, दीर्घकालीन निर्णय नगर्नू : सर्वोच्च | Khabarhub Khabarhub

मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न सकिन्न, दीर्घकालीन निर्णय नगर्नू : सर्वोच्च


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न नसकिने जनाएको छ ।

बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न नसकिने भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले भदौ १५ गते पूर्ण सुनुवाइका लागि पेशी तोक्न पनि आदेश जारी गरेको छ ।

मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।

मुख्यमन्त्री थापाले विश्वासका मत लिने क्रममा कोशी प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि पक्षमा मतदान गरेका थिए ।

 

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ६ : १२ बजे

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले