मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न सकिन्न, दीर्घकालीन निर्णय नगर्नू : सर्वोच्च « Khabarhub

मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न सकिन्न, दीर्घकालीन निर्णय नगर्नू : सर्वोच्च


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न नसकिने जनाएको छ ।

बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न नसकिने भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले भदौ १५ गते पूर्ण सुनुवाइका लागि पेशी तोक्न पनि आदेश जारी गरेको छ ।

मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।

मुख्यमन्त्री थापाले विश्वासका मत लिने क्रममा कोशी प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि पक्षमा मतदान गरेका थिए ।

 

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ६ : १२ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता