बैतडीमा मंगलबार बेलुका विद्यालयबाट फर्केका शिक्षक घर आएनन्, चप्पल भेटियो, मान्छे बेपत्ता | Khabarhub Khabarhub

बैतडीमा मंगलबार बेलुका विद्यालयबाट फर्केका शिक्षक घर आएनन्, चप्पल भेटियो, मान्छे बेपत्ता


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनीका ५२ वर्षीय जयबहादुर बोहरा मंगलबार साँझदेखि बेपत्ता भएका हुन् ।

लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते मंगलबार बेलुका विद्यालयबाट घर फर्किदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

शिक्षक बोहरा बेपत्ता भएको प्रहरीलाई बुधबार साँझ मात्रै बोहराका दाजुले खबर गरेका थिए ।

बेपत्ता शिक्षकको स्थानीय गन्नीगाडको छेउमा चप्पल भने फेला परेको प्रहरीले बताएको छ । बेपत्ता शिक्षक बोहराको खोजीको लागि प्रहरीको टोली गन्नीगाड क्षेत्रमा परिचालन गरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ६ : २४ बजे

आज २०८१ साल असार ३१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार ३१ गते सोमबार तदनुसार

स्पेन चौथोपटक युरोपेली च्याम्पियन, इङ्ग्ल्यान्ड दोस्रोपटक स्तब्ध

काठमाडौं– इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल

श्रीलङ्कामा ३० हजारभन्दा बढी डेङ्गुका घटना, १२ जनाको मृत्यु

कोलम्बो – श्रीलङ्कामा यो वर्ष हालसम्म ३० हजारभन्दा बढी डेङ्गुका

प्युठान अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

प्युठान – प्युठान जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये आधा सम्बन्ध

बजेटबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

जनकपुर – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन