पाकिस्तानमा बलात्कारी बुबाको गोली हानी हत्या « Khabarhub

पाकिस्तानमा बलात्कारी बुबाको गोली हानी हत्या


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

लाहौर– पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्नै बुबाको गोली हानेर हत्या गरेकी छिन् ।

मृतककी १४ वर्षीया छोरीले प्रहरीलाई दिएको बयानमा बुबाले तीन महिनादेखि बलात्कार गर्दै आएको बताइन् ।

किशोरीले आफू डरलाग्दो अवस्थाबाट गुज्रिरहेकाले बलात्कारी बुबालाई मार्ने निधो गरेर गोली हानेको प्रहरी समक्ष बयान दिएकी छिन् ।

प्रहरी अधिकारीका अनुसार सबै पक्षबाट अनुसन्धान गरी किशोरीविरुद्ध मुद्दा दर्ता गरिने छ ।

किशोरीले बुबामाथि गोली प्रहार गरेपछि परिवारका अन्य सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै सिभिल लाइन्सका एसपी हसन भट्टी र प्रहरी वरिष्ठ अधिकारीले किशोरी, उनकी आमा, भाइ र छिमेकीलाई पक्राउ गरेका थिए ।

घटनाको एक दिन अघि आइतबार मात्र एक पाकिस्तानी अदालतले एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १० : ३४ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित