सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने कांग्रेस केन्द्रीय सदस्यहरुको धारणा | Khabarhub Khabarhub

सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने कांग्रेस केन्द्रीय सदस्यहरुको धारणा


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय सानेपामा केही दिनयता जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी भएरमात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

साथै उनीहरुले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने धारणा राखेका थिए । आइतबार सम्पन्न बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरुले जनतालाई प्रत्यक्ष महशुस हुनेगरी सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा आएको जानकारी दिए ।

उनले निश्चित उद्देश्यका साथ बनाइएको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने धारणा कांग्रेसको रहेको बताए । सरकारले गरेको ठिक कामलाई जनतामाझ पुर्‍याउनुपर्ने र सरकारको कमीकमजोरीका बारेमा औँल्याउन सकिने उनको भनाइ छ । विश्वकर्माले अहिले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले सन्तुलित ढंगले लैजानुपर्ने र सन्तुलन गर्न नसके समस्या पर्ने जिकिर गरे । सरकार ढल्ने र नढल्ने विषय सरकारको कामकारवाहीमा भर पर्ने भएपनि सरकार परिवर्तनमा कांग्रेसले फर्केर नहेरेको उनको भनाइ छ ।

त्यस्तै, केन्द्रीय समिति बैठकमा महासमिति बैठकको प्रभावकारीता, पार्टी कार्यक्रमको समिक्षाका साथै समसामायिक विषयमा धारणा राखेको विश्वकर्माले जानकारी दिए । केन्द्रिय कार्यसमिति बैठक सोमबार पुन ११ बजे बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  २ : ३४ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति