स्वदेश खतम विदेश उत्तम भन्ने खालको गलत मनोविज्ञानको विकास भयो : शिक्षामन्त्री राई « Khabarhub

स्वदेश खतम विदेश उत्तम भन्ने खालको गलत मनोविज्ञानको विकास भयो : शिक्षामन्त्री राई


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘स्वदेश खतम विदेश उत्तम’ भन्ने मनोविज्ञान समाजमा हावी हुँदै गएको बताएका छन् । युवा र विद्यार्थीहरुमा समेत हावी हुँदै गएको यही मनोविज्ञान शिक्षा क्षेत्रको समस्याको रुपमा देखा परेको उनको भनाइ छ ।

‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’ को २०औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका मन्त्री राईले युवा पुस्ता तथा विद्यार्थीहरुलाई मुलुकका विश्वविद्यालयहरुप्रति विश्वास जगाउन नसकिएको बताए ।

‘हामीले आम रुपमा नै युवा पुस्तामा विश्वास जगाउन सकेका छैनौं । एक कक्षामा भर्ना भएको विद्यार्थी सबै १२ कक्षासम्म पढ्न नपुग्ने, जसले १२ कक्षा पढ्छ, तिनीहरुमध्ये पनि अधिकांश छानिएर टोफेल, स्याट, आईईएलटीएस उत्तीर्ण भएकाहरु विदेश पलायन हुन्छन् । उनीहरुमा हामीले हाम्रा विश्वविद्यालयहरुप्रति विश्वास जगाउन सकेनौं, हाम्रो शिक्षा प्रणालीप्रति विश्वास जगाउन सकेनौं,’ उनले भने, ‘स्वदेश खतम विदेश उत्तम भन्ने मनोविज्ञान समाजमा विस्तारै हावी हुँदै गइराखेको छ । युवा र विद्यार्थीहरुमा पनि यो भावना छाउँदै गइराखेको छ ।’

मन्त्री राईले विदेशमा जे काम गरेर वा जति दुःख गरेर भए पनि पढ्न तयार हुने तर स्वदेशमा विश्वविद्यालयहरुले काम गर तिमीलाई पकेट मनी विदेशको विश्वविद्यालयले जस्तै गरी उपलब्ध गराउँछौं, स्कलरसिप पनि दिन्छौं भन्दा स्वदेशमा बसेर काम गर्न तयार नहुने विद्यार्थीहरुको गलत मनोविज्ञान रहेको बताए ।

उनले पोखरा विश्वविद्यालयले विद्यार्थीहरुलाई ‘जब एन्ड एजुकेशन’ को लागि ७० लाख रुपैयाँ बजेट छुट्याएको भए पनि कुनै पनि विद्यार्थी त्यही काम गर्दै पढ्न तयार नभएको तितो अनुभव सुनाए ।

सो क्रममा उनले विद्यार्थीहरुलाई कसरी कामप्रति मोह जगाउने ? भन्दै प्रश्न गरे । उनको प्रश्न छ, ‘अब हामीले हाम्रो विद्यार्थीहरुलाई कामप्रति मोह कसरी जगाउने ? काम सानो हुँदैन, काम गर्नुपर्छ भन्ने कुरा कसरी सिकाउने ?’ हलो जोत्ने कोदालो खन्नेहरुलाई सानो मान्छेको रुपमा हेर्ने सामाजिक धारणालाई अब फेर्नुपर्ने उनको भनाइ छ ।

शिक्षाको परिभाषालाई रोकेर राख्न नसकिने जिकिर गर्दै उनले भने, ‘पहिले हलो जोत्नु शिक्षा हुँदैनथ्यो, आरनमा बसेर घन ठोक्नु शिक्षा हुँदैनथ्यो, कुनै समय चोयाको डोका बुन्नु, डालो बुन्नु शिक्षा हुँदैनथ्यो । अहिले त त्यो सबै शिक्षा हो ।’ मन्त्री राईले शिक्षा क्षेत्रमा लगानी बढाउन नसक्नु नै पहिलो मुख्य समस्या रहेको र लगानीको तुलनामा उपलब्धि हासिल गर्न नसक्नु दोस्रो समस्या रहेको बताए । शिक्षामा कूल बजेटको २० देखि ३० प्रतिशत लगाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि नेपालले चालू आर्थिक वर्ष ११ दशमलव २ प्रतिशत मात्रै लगानी गरेको उनले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : १० बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको