चिकित्सक श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

चिकित्सक श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् ।

श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का ३९ वर्षका तामाङलाई घर नजिकै आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घटनापश्चात फरार रहेका उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको हो ।

‘अपहरण तथा शरीर बन्धक मुद्दा’ मा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र रु एक लाख जरिवानाको फैसला सुनाएको थियो । उनलाई आजै अदालतले कारागार चलान गरेको छ ।

विसं २०६७ जेठ ४ मा डा श्रेष्ठको अपहरणमा संलग्न तामाङसहित छ जनालाई अदालतले विसं २०६९ जेठ २४ मा कैदसहित जरिवाना तोकेका थियो । चिकित्सक भक्तमान श्रेष्ठको अपहरण र त्यसपश्चात तीन किलो सुन फिरौती माग्न संलग्नमध्ये केही यसअघि नै पक्राउ परेका थिए भने केही अझै फरार रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : ३३ बजे

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति