विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने दौडमा ब्राजिल « Khabarhub

विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने दौडमा ब्राजिल


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक कपास उद्योगी बताएका छन् ।

अमेरिकी उत्पादन गर्ने मुख्य क्षेत्र टेक्सास खडेरी र गर्मीको चपेटामा परेको र ब्राजिलले कपास उत्पादनमा अमेरिकालाई पछ्याईरहेकोले ब्राजिल छिट्टै कपास उत्पादन र निर्यातका लागि पहिलो स्थानमा आउन लागेको उनले बताए ।

ब्राजिलियाली कपास उत्पादक सङ्घका उपाध्यक्ष गुस्ताभो भिगानोले भने, “यदि अमेरिकी कपास बाली अहिलेकै अवस्थामा बिग्रँदै गयो भने ब्राजिलले अमेरिकालाई सजिलै उछिन्न सक्छ ।

उनले भने, “आधारभूत तथ्याङ्कमा दुई देश पहिलेदेखि नै समान छन् । यो मौसममा ब्राजिल विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्ने अनुमान गर्न सकिन्छ ।”

संयुक्त राज्य अमेरिका र ब्राजिल विश्वको सबैभन्दा ठूला दुई कपास निर्यातकर्ता हुन् । यी मुलुकको कपास आपूर्तिले विश्वव्यापी मागको आधाभन्दा बढी मागलाई सम्बोधन गर्छ ।

अमेरिकाले सन् २०२३÷२४ को सिजनमा एक करोड २५ लाख भारी निर्यात गर्ने अपेक्षा गरिएको छ । यद्यपि, टेक्सासमा खडेरीका कारण यो आँकडा कम हुन सक्छ । फलस्वरूप, ब्राजिल, यस मौसममा ११.२५ मिलियन भारी कपास निर्यात पूर्वानुमानको साथ, विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्न सक्छ ।

भिगानोका अनुसार, हालैका वर्षहरूमा खडेरीका कारण अमेरिकी कपासको गुणस्तर ‘त्यति राम्रो भएको छैन’, जबकि ब्राजिलमा वर्षाको ढाँचाको कारण ‘धेरै राम्रो गुणस्तर’ छ ।

अमेरिकी कपास बाली रेकर्डमा यसको सबैभन्दा खराब स्तरको केवल एक तह माथि छ । अमेरिकी कपासको उत्पादनको लगभग ४० प्रतिशत करिब सबै टेक्साससहित सुक्खाग्रस्त क्षेत्रहरूबाट आउने गर्छ । उक्त क्षेत्र यस वर्ष रेकर्डमा दोस्रो सबैभन्दा गर्मी क्षेत्र मापन गरिएको छ ।

“धेरै (ब्राजिलियाली) किसानहरू अर्को वर्षका लागि कपासको लागि रोपेको क्षेत्रफल बढाउन चाहन्छन्,” भिगानोले भने, हामी सबै आपूर्ति अवशोषित गर्न सक्दैनौं, हामी थप निर्यात गर्नेछौं ।”

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ३० बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका