बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनबाट टीका र जमरासहित आशीर्वाद थापिँदै « Khabarhub

बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनबाट टीका र जमरासहित आशीर्वाद थापिँदै


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज बडादसैँ अन्तर्गत दुर्गा पक्षको मुख्य दिन विजयादशमी पर्व । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १० बजेर ३७ मिनेटमा देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ६ : ०४ बजे

ट्रम्पलाई झट्का, अस्ट्रेलियाले होर्मुज स्ट्रेटतर्फ युद्धपोत पठाउन मानेन

ब्रिसबेन- अष्ट्रेलियाले होर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेको छ।

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र