पर्वहरूले आपसी एकतालाई मजबुत बनाउँछ : देउवा « Khabarhub

पर्वहरूले आपसी एकतालाई मजबुत बनाउँछ : देउवा


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । 

विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उनले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको उल्लेख गरेका छन् ।

उनले हरेक पर्वहरुले नेपालीहरूबीच आपसी सहयोग, सदभाव र पारस्परिक एकतालाई मजबुत बनाउन सहयोग पुग्ने दृढता व्यक्त गरेका छन् । 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ६ : ४० बजे

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनको नाममा पार्टीलाई

बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ : असिम शाह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह

भारतको हिमाचलमा सडक दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की