धादिङको हुलाक भञ्ज्याङमा ३५ वर्षपछि रोटेपिङ | Khabarhub Khabarhub

धादिङको हुलाक भञ्ज्याङमा ३५ वर्षपछि रोटेपिङ


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका–६ स्थित हुलाक भञ्ज्याङमा ३५ वर्षपछि दसैँमा रोटेपिङ हालिएको छ । पुराना कला र संस्कृति जगेर्ना गर्ने अभियानमा लागेका स्थानीय युवाले कलात्मक रोटेपिङ तयार गरेका हुन् ।

गाउँका सबै युवा मिलेर पिङ निर्माण गरेपछि यो वर्ष दसैँ रौनक बनेको छ । बालबालिकादेखि वृद्धसम्मलाई रोटेपिङले थप उल्लासमय बनाएको छ । स्थानीयवासी हरिमान शाक्यले भने, ‘३५ वर्षपछि रोटेपिङ चढ्न पाइयो । पिङ खेल्न पाएपछि त हामी जस्ता बुढापाकालाई पनि दसैँ रमाइलो हुँदो रहेछ ।’

बाजेका पालासम्म पुस्तान्तरण हुँदै आए पनि बाको पालादेखि हराउँदै गएको रोटेपिङको जगेर्नामा नयाँपुस्ता लागिपरेका छन् । यहाँका युवाले गाउँका बूढापाका र बालबालिकालाई पिङ खेलाउँदै रोटेपिङबारे पाकाको कुरा सुन्ने र सानालाई सुनाउने गरिरहेका छन् ।

यो दसैँमा साना बालबालिकाले पनि रोटेपिङको अनुभव लिने मौका पाएका छन् । झण्डै तीन दशकपछि गाउँमा रोटेपिङ चढ्न पाउँदा वृद्धवृद्धा पनि मख्ख छन् । मीठो खानुभन्दा पनि दसैँ मनाउन गाउँ पुगेकाहरू पनि पिङमा नै रमेका छन् ।

मौलिक संस्कृतिको जगेर्ना गर्ने र पुराना कला संस्कृतिका बारेमा नयाँ पुस्तालाई आकर्षण बढाउने उद्देश्यले गाउँका साथीभाइ मिलेर रोटेपिङ निर्माण गरिएको स्थानीय युवा सुनिता शाक्यले बताइन् । 

‘तीन दशकअघिसम्म हजुरबुबाले दसैँमा बर्सेनि रोटेपिङ खेल्नुहुन्थ्यो रे भन्ने गरेको सुनिन्थ्यो  तर देख्न भने मुस्किल थियो । वर्षमा एक दिन भए पनि पिङ खेलेर धर्ती छोड्नुपर्छ भन्ने पाका पुस्ताको भनाइलाई समेत मनन गर्दै यसपालि पिङ हालियो’, शाक्यले खुसी सुनाइन् ।

रोटेपिङकै ढाँचामा फलाम प्रयोग गरी व्यावसायिक हिसाबले पिङ बनाइने र खेल्ने खेलाइने प्रचलन पनि निकै बढेको छ  तर त्यस्तो पिङमा दसैँमा देखिने रोटेपिङमा जस्तो रौनक पाइँदैन ।

वडासदस्य तथा स्थानीय बासिन्दा लीलामान शाक्यको पहलमा यहाँ ३५ वर्षपछि रोटेपिङ बनेको हो । पुस्तौँदेखि खेल्दै आएको रोटेपिङ एकादेशको कथाजस्तो नबनोस् भन्ने हिसाबले यो वर्ष दसैँमा रोटेपिङ बनाउनुपर्छ भन्ने आफूले योजना बनाएको उनको भनाइ छ । 

करिब एक लाखको लगानीमा तयार भएको यो पिङ प्राविधिक हिसाबले पनि सुरक्षित बनेको छ । अहिले मौलिकरूपमा बनाइएको पिङमा प्रयोग भएको काठको खम्बा र फलामको डन्डी दसैँ सकिएपछि सुरक्षित स्थानमा राखिने र आगामी वर्षमा पनि गाउँमा रोटेपिङ बनाउने कार्यलाई निरन्तरता दिँदै जाने उनले बताए । 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : ४४ बजे

केही कम्युनिस्ट पार्टी दक्षिणपन्थी भड्काउमा लागेकाले वाम एकतामा असर पर्‍यो : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केही कम्युनिस्ट

खाँणलाई थुनामै राख्ने या धरौटीमा छाड्नेबारे न्यायाधीशहरुबीच कहाँ मिलेन कुरा ? अब के हुन्छ ?

काठमाडौं- पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने

यी हुन् उच्च अदालतले धरौटीमा छोडन आदेश दिएका प्रतिवादीहरु (आदेशसहित)

काठमाडौं – उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप

राजसंस्था, हिन्दु राष्ट्र पक्षधर बिच मोर्चा निर्माण आवश्यक: कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीय गणतन्त्रको नाममा कायम

रायमाझीसहित ९ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर

काठमाडौं – उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री