भारतले क्यानाडालीलाई भिसा जारी पुनः सुरु गर्ने  | Khabarhub Khabarhub

भारतले क्यानाडालीलाई भिसा जारी पुनः सुरु गर्ने 


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताएका छन् ।

“क्यानाडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले यदि त्यहाँ प्रगति भयो भने म स्वयं भिसाको समस्या पुनः सुरु गर्न चाहन्छु, यो चाँडै नै हुनुपर्छ भन्ने मलाई अपेक्षा छ”, उनले भने । 

मध्य सेप्टेम्बरमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाको भूमिमा सिख नेता हरदीप सिंह निज्जरको हत्यापछाडि भारत सरकारको एजेन्टहरूको हात भएको आरोप लगाएपछि क्यानाडा र भारतबीचको सम्बन्ध तनावपूर्ण भएको छ । 

भारतले उक्त आरोपलाई अस्वीकार गर्दै ‘तर्कहीन र प्रेरित’ भनेको छ । दुवै मुलुकले आफ्ना नागरिकलाई एकअर्को देशको यात्रा गर्दा ‘अत्यन्त सावधानी अपनाउन’ आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका साथै भारतले क्यानाडामा भिसा प्रशोधन केन्द्र सेवाहरू निलम्बन गरेको छ । 

गत साता क्यानाडाले क्यानाडाले ४१ कूटनीतिज्ञ र उनीहरूसँगै आएका ४२ आश्रितलाई भारतबाट फिर्ता बोलाएको थियो । भारत सरकारले उनीहरूको कूटनीतिक उन्मुक्ति खोस्ने धम्की दिएपछि क्यानाडाले उनीहरूलाई फिर्ता बोलाएको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : १६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले