पूजाआजामा धूप किन बालिन्छ ?  « Khabarhub

पूजाआजामा धूप किन बालिन्छ ? 


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

प्राय भगवानको पूजा गर्दा धूप बाल्ने प्रचलन छ । हामी सबै घरमा पूजा गर्दा होस् या मन्दिरमा धूपलाई त अनिवार्य नै राख्छौँ । धार्मिक परम्परा अनुसार मठमन्दिर, गुम्बा लगायत स्थानमा हामी पूजाका क्रममा धूप बाल्ने गर्दछौँ । 

यसरी धूप किन बालिन्छ त यसको कारण थाहा नभए पनि धेरैले पूजामा धूप बाल्ने गरेको पाइन्छ । आज हामी यसैको बारेमा चर्चा गर्ने छौँ । 

आध्यात्मिक कारण अनुसार पूजामा बालिने धूपको वासना सीधा भगवान् सम्म पुग्ने विश्वास गरिन्छ । धूपको वासनाले मानिसको विचारलाई पवित्र राख्न मद्दत गर्दछ ।  

भगवानको पूजा गर्दा मन र दिमाग दुवै एकाग्र भएको हुन्छ । धूपले वरिपरि रहेका दुर्गन्ध हटाएर सुगन्धको  दिने काम गर्छ । यसका साथै किरा धमिरालाई हटाउन मद्दत पनि गर्छ ।

धूपको धूवाँले ब्याक्टेरियालाई नाश गर्ने र वातावरण पवित्र र शुद्ध भएकोले अस्पतालमा समेत धूप बालिने गरिन्छ । 

धूप बाल्नुका मनोवैज्ञानिक कारण पनि रहेका छन् । अगरबत्तीलाई रोग उपचारको लागि पनि प्रयोग गरिन्छ । धूप बलिरहेको बेला दिमागमा हिलिङ प्रक्रिया चल्ने र आनन्दित भएको प्रभाव पर्छ । तनावबाट मुक्ति तथा मानसिक थकानबाट आराम लिन पनि धूपको प्रयोग गरिन्छ । 

धूप बाल्ने काम धार्मिक पर्वमा मात्र होइन धेरै वर्ष देखि चीन, इजिप्ट, तिब्बत विभिन्न मुलुकहरूको मौलिक प्रथा मानिन्छ । उनीहरूले धूपको प्रयोग एरोमा थेरापीमा प्रयोग गर्दै आएका छन् ।

प्राकृतिक चिकित्सा अनुसार हल्का र मीठो खालको सुगन्धले मानवको चित्तलाई शान्त गर्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ६ : ५३ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई