भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा « Khabarhub

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल-टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । 

दुई दिन सञ्चालन भएको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भए पनि विभिन्न सङ्घसंस्थाको सहयोगमा भूकम्पपछिको मानसिक तनाव कम गर्न प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको काम जारी रहेको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायले जानकारी दिएका छन् । उनका अनुसार दुई दिन लगाएर भूकम्पले बढी प्रभावित पारेको क्षेत्र वडा नं ९, १०, ११, १२, १३ र १४ मा घाइते तथा बिरामीको निःशुल्क स्वास्थ्य जाँच तथा बिरामीलाई आवश्यक औषधि पनि उपलब्ध गराइएको हो ।

नगरपालिकामा दुई दिन सञ्चालन गरिएको शिविरमा जाँच गरिएका घाइते तथा बिरामीमा कुनै न कुनै खालको समस्या देखिएको रोकायले बताए । नगरपालिकामा बढी प्रभावित वडा नं ९ देखि १४ सम्मका घाइते, बिरामी तथा सर्वसाधारणको जाँच गर्दा ज्वरो, रुघाखोकी, पखाला, शरीर दुख्नेदेखि मानसिक समस्यासम्म देखिएको उनले जानकारी दिएका छन् ।

सामान्य खालका बिरामीलाई औषधि दिइएको जनाउँदै मानसिक समस्या देखिएकालाई तत्कालका लागि सामान्य परामर्श दिइएको रोकायले बताएका छन् । सामान्य परामर्शले मानसिक समस्या कम नहुने भएकाले यही मङ्सिर ११ गते नगर अस्पतालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परार्मश शिविरमा सञ्चालन गरिने उनले जानकारी दिए ।

नगरपालिकाको आयोजनामा सिएमसी नेपालको प्राविधिक सहयोगमा वरिष्ठ मानसिक रोग विशषज्ञद्वारा मानसिक तथा मनोसामाजिक परामर्श शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । भूकम्पका कारण बढी प्रभावित क्षेत्रमा पीडितमा मानसिक समस्या देखिएकाले आवश्यक सुझाव दिई तनाव कम गर्न वडा-वडामा विभिन्न मनोसामाजिक परामर्श सेवा केन्द्र सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक रोकायले जानकारी दिएका छन् ।

पीडितको समस्या बुझ्न, आवश्यक सल्लाह, सुझाव दिन र मानसिक समस्या पहिचानको विवरण संकलन गर्न विभिन्न सङ्घसंस्थाले नगरपालिकासँग समन्वय गरिरहेका नगरउपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन्। उनका अनुसार सामाजिक क्षेत्रमा काम गर्दै आएका ओरेक, टिपिओ, सिएमसीसोसेस नेपालले सहकार्य गरिरहेका छन् । उपप्रमुख शाहीले बढी प्रभावित क्षेत्र तथा आफन्त गुमाएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर परामर्श सेवा दिइने जानकारी दिइन् ।  

पछिल्लो समय अत्यधिक चिसो बढेकाले परिवारमा ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिन थालेको आठबीसकोट–१३ भल्माका स्थानीय हरिबहादुर ओलीले बताएका छन्। उनका अनुसार केही भूकम्पपीडित परिवारलाई अस्थायी आवास निर्माण भए पनि धेरै पीडित घरपरिवार अस्थायी आवास निर्माण नहुँदा भूकम्पपीडित त्रिपालमै रात कटाउन बाध्य छन् । अस्थायी आवास समयमै नबन्ने हो र त्रिपालकै साहारा भइरहने हो भने अझ धेरै स्वास्थ्य समस्या देखिने शिक्षक भीवबहादुर ओलीको भनाइ थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : २० बजे

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,