दुर्गा प्रसाईँको कार्यक्रम सफल, हाम्रो असफल भन्ने सन्देश दिन खोजियो : महेश बस्नेत « Khabarhub

दुर्गा प्रसाईँको कार्यक्रम सफल, हाम्रो असफल भन्ने सन्देश दिन खोजियो : महेश बस्नेत


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष महेश बस्नेतले दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफूहरुको कार्यक्रम असफल भएको भन्ने सन्देश दिन खोजिएको आरोप लगाएका छन् ।

युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले साम्राज्यवादीलाई खुशी पार्नका लागि युवा संघ र अनेरास्ववियुलाई कमजोर देखाउन दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफ्नो कार्यक्रम असफल भएको भ्रम फैलाइएको बताए । कार्यक्रममा उनले मुलुकमा साम्राज्यवादी शक्तिहरुले सुँढ पसारिरहँदा उनीहरुविरुद्ध युवा संघ एक्लै लागिरहेको समेत बताए ।

उनले देशको राजनीतिमा साम्राज्यवादीहरुले प्रभाव जमाइरहँदा कांग्रेस, माओवादी, तरुण दल वाईसिएल कहाँ छ ? भनेर प्रश्न समेत गरे ।

‘आज गणतन्त्रमाथि अपराधीहरुले प्रश्न उठाइरहँदा, पुनरुत्थानवादी शक्तिहरु जागिरहँदा, राजतन्त्रका भुतप्रेतहरु यो समाजमा सल्किरहँदा, साम्राज्यवादी शक्तिहरुले यो मुलुकको राजनीतिमा सुँढ पसारिरहँदा तरुण दल कहाँ छ ? कांग्रेस कहाँ छ ? वाईसिएल कहाँ छ ? माओवादी कहाँ छ ?’ उनले प्रश्न गरे, ‘एक्लो जिम्मा हामीले लिएका छैनौँ ?’

यो पनि पढ्नुहोस्-

महेश बस्नेत र दुर्गा प्रसाईंको शक्ति : तीनकुनेमा २ हजार, बल्खुमा कति ?

दुर्गा प्रसाईँले बल्खुमै कार्यक्रम गरे हुन्छ, तीनकुनेमा पाइँदैन : जिल्ला प्रशासन

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : ०६ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित