दुर्गा प्रसाईँको कार्यक्रम सफल, हाम्रो असफल भन्ने सन्देश दिन खोजियो : महेश बस्नेत « Khabarhub

दुर्गा प्रसाईँको कार्यक्रम सफल, हाम्रो असफल भन्ने सन्देश दिन खोजियो : महेश बस्नेत


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष महेश बस्नेतले दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफूहरुको कार्यक्रम असफल भएको भन्ने सन्देश दिन खोजिएको आरोप लगाएका छन् ।

युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले साम्राज्यवादीलाई खुशी पार्नका लागि युवा संघ र अनेरास्ववियुलाई कमजोर देखाउन दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफ्नो कार्यक्रम असफल भएको भ्रम फैलाइएको बताए । कार्यक्रममा उनले मुलुकमा साम्राज्यवादी शक्तिहरुले सुँढ पसारिरहँदा उनीहरुविरुद्ध युवा संघ एक्लै लागिरहेको समेत बताए ।

उनले देशको राजनीतिमा साम्राज्यवादीहरुले प्रभाव जमाइरहँदा कांग्रेस, माओवादी, तरुण दल वाईसिएल कहाँ छ ? भनेर प्रश्न समेत गरे ।

‘आज गणतन्त्रमाथि अपराधीहरुले प्रश्न उठाइरहँदा, पुनरुत्थानवादी शक्तिहरु जागिरहँदा, राजतन्त्रका भुतप्रेतहरु यो समाजमा सल्किरहँदा, साम्राज्यवादी शक्तिहरुले यो मुलुकको राजनीतिमा सुँढ पसारिरहँदा तरुण दल कहाँ छ ? कांग्रेस कहाँ छ ? वाईसिएल कहाँ छ ? माओवादी कहाँ छ ?’ उनले प्रश्न गरे, ‘एक्लो जिम्मा हामीले लिएका छैनौँ ?’

यो पनि पढ्नुहोस्-

महेश बस्नेत र दुर्गा प्रसाईंको शक्ति : तीनकुनेमा २ हजार, बल्खुमा कति ?

दुर्गा प्रसाईँले बल्खुमै कार्यक्रम गरे हुन्छ, तीनकुनेमा पाइँदैन : जिल्ला प्रशासन

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : ०६ बजे

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त