भारतीय र अमेरिकी सेनाबीच मेघालयमा संयुक्त सैन्य अभ्यास « Khabarhub

भारतीय र अमेरिकी सेनाबीच मेघालयमा संयुक्त सैन्य अभ्यास


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय र अमेरिकी सेनाबीच भारतको पूर्वोत्तर राज्य मेघालयमा संयुक्त सैन्य अभ्यास सञ्चालन भएको छ । भारतीय र अमेरिकी सेनाले मेघालयको उमोरी क्षेत्रमा ‘वज्र प्रहर २०२३’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् ।

अभ्यासमा भारतीय सेनाको पूर्वी कमाण्डको विशेष बल र अमेरिकी सेनाको प्रथम विशेष बल समूह (एसएफजी) का सैनिक सहभागी रहेको इन्डिया ब्लुम्सले जनाएको छ ।

यस अभ्यासबाट दुई मुलुकका सेनाबीच संयुक्त सैन्य अभियान योजना र कारवाही रणनीतिबारे अभ्यास र अनुभव आदान प्रदान हुने भारत सरकारको विश्वास छ । भारत र अमेरिकाबीच प्रथम पटक सन् २०१० मा यस्तो किसिमको सैन्य अभ्यास सञ्चालन भएको थियो । यस वर्षको यो अभ्यास १३ औँ संस्करणको रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस अभ्यासमा सैनिकहरुले आतंकवादविरुद्धको कारवाही, विशेष सैन्य अभियान, हवाइ कारवाही एवम् पहाडी क्षेत्रमा युद्ध कलाबारे प्रशिक्षण लिने बताइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ३६ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको