‘नागरिक पहिलो’ अभियानको घोषणा हुँदै « Khabarhub

‘नागरिक पहिलो’ अभियानको घोषणा हुँदै


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विभिन्न राजनीतिक समूह तथा अभियन्ताले ‘नागरिक पहिलो’ अभियानको घोषणा गर्ने भएका छन् । आगामी मंगलबार उक्त अभियानको घोषणा हुने छ ।

अभियानको मूल नारा– ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ हुने बताइएको छ । देशमा प्रतिक्रियावादी तथा पश्चगामी चलखेल बढेको, पुराना दल संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि असफल हुँदै गएको निष्कर्षसहित अझ उन्नत लोकतन्त्रतर्फको यात्रालाई सहजीकरण गर्न यस्तो अभियान आवश्यक परेको तयारीमा संलग्न अभियन्ता तथा युवानेता मिलनकान्छा किरातीले बताए ।

‘पाँच समस्या, पाँच समाधान, एक अभियान’ नामको अवधारणा–पत्र भेलामा प्रस्तुत गरिनेछ । त्यसका लागि मंसिर ११–१२ गते काठमाण्डौंमा भेला बोलाइएको छ। आम नागरिकमा बढ्दो निराशा चिर्न र नयाँस्तरमा लोकतान्त्रिक आन्दोलनको विकास गर्न अभियानले सहयोग गर्ने अभियन्ताहरुको विश्वास छ।

११ गते अभियानको प्रस्तावना र कार्यक्रम माथि छलफल र १२ गते मध्यान्ह पत्रकार सम्मेलन गरी घोषणपत्र र अभियानका कार्यक्रम सार्वजनिक गरिने एकजना अभियन्ता नेता डम्बर खतिवडाले जानकारी दिए । भेलाले अभियान केन्द्रीय संयोजन कार्यदल समेत बनाउने सम्भावना छ ।

अभियानमा मुमाराम खनाल, केशव दाहाल, डम्बर खतिवडा, मिलान कान्छा किराती लगायतका लेखक–विश्लेषक तथा राजनीतिक नेताहरु सामेल हुँदैछन् ।

राजनीतिक नेताहरु तथा थप अभियन्ताहरु प्रशान्त सिंह, अशोक श्रेष्ठ, सुरेन्द्र चौधरी, भूपेन्द्र नेम्बाङ, नारायण खनाल, जनार्दन वियोगी, जावेद इकवाल हैदर, देवराज भारद्धाज, सनोज महत, ठाकुर पोख्रेल लगायत पनि अभियानमा जोडिने बताइएको छ ।

समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीलेसमेत अभियानमा सहकार्य गर्ने तयारी गरेको छ । अन्य दर्जनौं साना राजनीतिक समूह पनि यो अभियानमा जोडिने बताइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : ५२ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।