नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउछौँ : स्वास्थ्यमन्त्री बस्नेत | Khabarhub Khabarhub

नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउछौँ : स्वास्थ्यमन्त्री बस्नेत


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

शुक्रबार महेन्द्र माध्यमिक विद्यालयमा आयोजित ‘न्याना कपडा तथा शैक्षिक सामग्री वितरण’ कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको हालैको निर्णयबारे जानकारी दिँदै चिकित्सा शिक्षाका लागि अनुकूल वातावरण बनाउन आफू लागि परेको जानकारी दिए।

‘मन्त्रालयले एक सयदेखि तीन सयसम्म शय्या भएका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने र तीन सय शय्यामाथिका अस्पतालमा चिकित्सा पढाउन पाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा ऐन संशोधनको तयारीमा छौँ’, स्वास्थ्यमन्त्री उनले भने, ‘यसले गर्दा देशभित्रै आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन हुने र चिकित्सा शिक्षा अध्ययनका लागि अन्य देशबाट विद्यार्थी नेपाल आउँछन् । त्यसरी विदेश विद्यार्थी बढेपछि देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सकिन्छ ।’

मन्त्री बस्नेतले इन्द्रावती गाउँपालिका–२ स्थित स्वास्थ्य चौकीको सुधारका लागि उपलब्धमा रु २० लाखको बजेटमा थप रु १८ लाख रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।‘यस वडाको स्वास्थ्य केन्द्रको अवस्था नाजुक छ, नयाँ भवन निर्माणका लागि प्राप्त बजेटमा थप रु १८ लाख यही साताभित्र उपलब्ध गराउनेछौँ’, उनले भने । उनले देशको समग्र स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास थालिएको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : ५५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस