यमनका युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत | Khabarhub Khabarhub

यमनका युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

साना- यमनका युद्धरत पक्षहरू नयाँ युद्धविराम गर्न र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएका छन् । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यसबारे जानकारी दिएका हुन् ।

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले गरेको यो घोषणा नौ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने पछिल्लो कदम हो ।

साउदी अरब र ओमानमा ग्रुन्डबर्गले यमनसमर्थित राष्ट्रपति परिषद्का प्रमुख रशाद अल–अलिमी र इरान समर्थित हुथी विद्रोहीका प्रमुख वार्ताकार मोहम्मद अब्दुल सलामसँग हालै गरेको भेटवार्तापछि यो निर्णय भएको हो ।

कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार ग्रुन्डबर्गले राष्ट्रव्यापी युद्धविराम लागू गर्ने र समावेशी राजनीतिक प्रक्रियाको पुनः सुरु गर्ने तयारीमा संलग्न हुन द्वन्द्वरत दुबै पक्षले देखाएको इच्छाको स्वागत गरेका छन् ।

“राजदूतले अब संयुक्त राष्ट्रसङ्घको आयोजनामा यी प्रतिबद्धताहरू समावेश गर्ने र तिनको कार्यान्वयनलाई सहयोग गर्ने रोडम्याप बनाउन द्वन्द्वरत पक्षहरूसँग संलग्न हुनुहुनेछ,” विज्ञप्तिमा भनिएको छ ।

सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिएपछि यमन द्वन्द्वको चपेटामा परेको छ ।

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा सन् २०२२ को अप्रिलमा लागू भएको युद्धविरामले शत्रुतामा तीव्र कमी ल्यायो । युद्धविराम गत वर्षको अक्टोबरमा समाप्त भएपनि धेरै हदसम्म युद्ध र क्षति रोकिएको छ ।

ग्रुन्डबर्गले अब युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा रोडम्याप लागु गर्ने कामको नेतृत्व लिनेछन् ।

उक्त रोडम्यापमा निजामती कर्मचारीको तलब भुक्तानी गर्ने, विद्रोहीले अवरोध गरेको शहर ताएज र यमनका अन्य भागमा बाटो खोल्ने र तेल निर्यात पुनः सुरु गर्ने प्रतिबद्धता पनि समावेश गरिएको छ ।

ग्रुन्डबर्गले भने, “यमनवासीले ठोस परिणाम र दिगो शान्तिको दिशामा प्रगति प्रदान गर्ने यो नयाँ अवसरको प्रतीक्षा गरिरहेका छन् । द्वन्द्वरत पक्षहरुले महत्वपूर्ण कदम चालेका छन् । उनीहरूका प्रतिबद्धताहरू सबैभन्दा पहिले यमनका जनताप्रतिको दायित्व हुन् ।’’

इजरायलले हमास लडाकुसँग लडिरहेको गाजापट्टीमा प्यालेस्टनइनीहरूप्रति ऐक्यबद्धता जनाउन ‘रेड सी’ को प्रमुख पारवहन मार्गमा हुथी विद्रोहीहरूले आक्रमण गरिरहेका बेला यो सम्झौता भएको हो ।

हुथी विद्रोहीले गत अक्टोबर ७ देखि सुरु भएको इजरायल–हमास युद्ध अन्त्य नभए इजरायली बन्दरगाहतर्फ जाने इजरायलसँग सम्बन्धित पानीजहाज वा जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए ।

पेन्टागनका अनुसार ३५ भन्दा बढी देशका १० व्यापारिक जहाजलाई लक्षित गरी उनीहरूले १०० भन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् ।

विद्रोहीहरूको आक्रमणले विश्वव्यापी व्यापारको १२ प्रतिशत हिस्सा ओगट्ने पारवहन मार्गलाई खतरामा पारिरहेको छ, जसका कारण संयुक्त राज्य अमेरिकाले ‘रेड सी’को पानीजहाजको सुरक्षाका लागि बहुराष्ट्रिय नौसैनिक कार्यदल स्थापना गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : ०२ बजे

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने