डंकीको व्यापार एक सय करोड नाघ्यो « Khabarhub

डंकीको व्यापार एक सय करोड नाघ्यो


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको डंकीले तीन दिनमा विश्वभर एक सय करोडको व्यापार गरेको छ ।

कमजोर ओपनिङ गरेको यस फिल्मले सुरुवाती दुई दिनमा उत्साहनजनक व्यापार गर्न सकेको थिएन ।

राजकुमार हिरानी निर्देशित डंगी २१ डिसेम्बरबाट प्रदर्शनमा आएको हो । पहिलो दिन यस फिल्मले घरेलु बजारमा २९ करोडको व्यापार गरेको थियो । दोस्रो दिन भने २० करोडको व्यापार गरेको थियो ।

तेस्रो दिन भने यस फिल्मको व्यापारमा वृद्धि भएको छ । तेस्रो दिन २५ करोडको व्यापार गर्दै दोस्रो दिनको भन्दा ५ करोड बढी आम्दानी गरेको छ । तीन दिनमा घरेलु बजारमै मात्र ७४.८२ करोडको व्यापार गरेको छ ।

फिल्मको निर्माण कम्पनी रेड चिलिजले दिएको जानकारअनुसार तेस्रो दिनसम्म १०३.४ करोडको व्यापार भएको छ ।

तेलुगू सुपरस्टार प्रभासको ‘सलार’सँग जुधेँको यस फिल्म तेस्रो तीन व्यापार बढेकाले आगामी दिन राम्रो प्रभाव पर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ८ : ५७ बजे

काठमाडौंको तापक्रम घट्यो

काठमाडौं– काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ ।

‘जन नायकन’ ट्रेलरमा एआई प्रयोगको आरोप, सामाजिक सञ्जालमा चर्को विवाद

काठमाडौं– दक्षिण भारतीय चलचित्रका सुपरस्टार थलापथी विजयको आगामी तथा करियरको

प्रहरीलाई  स्थानीय भाषाको ज्ञान नहुँदा समस्या

मुस्ताङ– यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी इकाई कार्यालय

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार

चौतारा– सिन्धुपाल्चोकको हेलम्बु  गाउँपालिका–३ स्थित  पाल्चोक मन्दिरमा सुरुआत गरिएको स्थानीय

कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

कर्णाली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट