नापी र मालपोत प्रमुखसँग मन्त्रालयको भर्चुअल अन्तर्क्रिया « Khabarhub

नापी र मालपोत प्रमुखसँग मन्त्रालयको भर्चुअल अन्तर्क्रिया


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

भर्चुअल माध्यमबाट सञ्चालन हुने सो कार्यक्रममा देशभरिका सबै मालपोत र नापी कार्यालय प्रमुखले मन्त्रालयका सचिव र विभागीय प्रमुखसँग अन्तर्क्रिया गर्ने छन् । कार्यालयका समस्या र सेवा प्रवाहमा अपनाएका अभ्यासबारे विचार विनिमय गर्ने उक्त कार्यक्रमको लक्ष्य रहेको सचिव डा दामोदर रेग्मीले बताए । कार्यक्रमले जिल्लाका कर्मचारीले सचिव र विभागीय प्रमुखसँग अन्तक्रिया गर्दै सेवा प्रवाहमा समन्वय र समस्या समाधान गर्न सहयोग पुगेको उनले बताए ।

नापी र मालपोत प्रमुखलाई एकै ठाउँमा राखेर छलफल गरिँदा ती निकायबाट सम्पादन हुने कार्यमा एकरुपता ल्याउने अपेक्षा गरिएको छ । जनतासँग प्रत्यक्ष सरोकार रहेका सबै कार्यालयलाई सदाचारितातर्फ उत्प्रेरित हुन यस कार्यक्रमले सहयोग पुगेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख निराजन घिमिरेले बताए ।

नापी विभागका महानिर्देशक जनकराज जोशीले नापी र मालपोत कार्यालयका सेवा प्रवाहका दैनिक काम गुनासोरहित तवरबाट सम्पन्न गर्न कार्यालय प्रमुख दत्तचित्त हुनुपर्ने बताए । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले भूमि प्रशासनको कामलाई झन्झटमुक्त बनाउनु सबैको दायित्व भएकाले केन्द्र यसका लागि प्रतिबद्ध रहेको विश्वास दिलाए ।

यसैबीच नापी र मालपोत कार्यालय एकीकरण तथा लेखापढी व्यवसायी सदाचार भएमा सेवाग्राहीले ती कार्यालयबाट प्रदान गरिने सेवा सहज, सर्वसुलभ र सरल हुने सुझाव दिएका छन् । मालपोत र नापीबाट हुने सेवा प्रवाहमा गुनासो बढिरहेकाले त्यसमा सुधार ल्याई चुस्तदुरुस्त र गुनासोरहित वनाउन आकस्मिक निरीक्षण र कार्यालयको प्रतिवेदन प्रणालीलाइ व्यवस्थित तुल्याउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।

कार्यालयको सेवा प्रवाहमा सुधार, अभिलेख व्यवस्थापन व्यवस्थित, हेल्पडेस्क सेवाग्राहीमैत्री, मालपोत र नापी कार्यालयको समन्वय भएमा सेवा लिनका लागि अतिरिक्त रकम बुझाउनुपर्ने प्रवृत्ति अन्त्य हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ५४ बजे

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ

पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्यबाट निलम्बन

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट

सभामुख घिमिरेले भने- सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद् विघटन गरेर

कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश

बैंकक- कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा