गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज पूर्ण सुनुवाइ हुने « Khabarhub

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज पूर्ण सुनुवाइ हुने


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादसम्बन्धी मुद्दाको पूर्ण सुनुवाइ आज हुँदैछ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजका लागि पूर्ण सुनुवाइ हुने भएको हो। यसअघि गत पुस २२ गते संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेको इजलासमा बहस भएको थियो।

लामिछाने सांसद् हुन अयोग्य रहेको भन्दै काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट परेको थियो।

अमेरिकी नागरिकता र पासपोर्ट त्यागेका लामिछानेले नेपाली नागरिकता लिनका लागि प्रक्रिया पुरा नगरी पुरानै नागरिकताको आधारमा सांसद बनेको पाइएको छ।

यो मुद्दा निरुपणका लागि सर्वोच्चले कि विदेशी नागरिकता परित्याग गर्नासाथ नेपालीहरुको नागरिकता स्वतः कायम हुने व्याख्या गर्नेछ, नभए नयाँ प्रक्रियाबाट नागरिकता लिनुपर्ने आदेश दिनासाथ लामिछानेको मन्त्री र सांसद दुवै पद जानेछ।

लामिछानेले १० फागुन २०५० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका थिए ।

 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : ०३ बजे

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद