काठमाडौँ : प्रेम प्रसाद आचार्य एक युवा उद्यमी थिए । जसले दर्जनौँ व्यापार गरे । सबैभन्दा ठूलो त उनले स्वदेशी उत्पादन बढाए । त्यो उत्पादन काठमाडौँदेखि दक्षिण एसिया र युरोपसम्म पनि पुर्याए ।
तर उनले उद्यमी गरेबापत पाउनुपर्ने प्रोत्साहन पाएनन् । ठूलो कुरा व्यापार गरेर जुन नाफा र घाटाको सन्तुलन हो, त्यो मिलाउन सकेनन् । खासगरी ठूला व्यापारीले उनको सामान लिएबापत पैसा फिर्ता गरेनन् ।
त्यही पैसा नपाउँदा ऋणको दलदलमा फसेका उनले जीवन बाच्न सकेनन् । जतिपटक प्रयास गर्दा पनि आफ्नो जिविकोपार्जन उकास्न नसकेका उनले अन्ततः निकै ठूलो आत्मदाह गर्ने निर्णय लिएँ ।
बानेश्वरमा मंगलबार आत्मदाह गरेका युवाको मृत्यु हुनुमा राज्य सबैभन्दा ठूलो जिम्मेवार हो । एक युवा उद्यमीले सबै प्रयास गर्दा पनि बाच्ने उपाय लगाउन सकेनन् । जसकारण उनको दुःखान्त बुधबार काठमाडौँको कीर्तिपुर अस्पतालमा अन्त्य भयो ।
आफैँले लगाएको आगोका कारण उनको ८० प्रतिशत शरीर जलेको थियो । त्यही समस्याका कारण डाक्टरहरूले प्रयास गर्दा पनि उनको ज्यान जोगिन सकेन । उनले यति कठोर निर्णय गर्नुका पछाडि राज्य मात्रै होइन, नेपाली राजनीतिक दल, समाजसेवी कसैले पनि गम्भीरसँग उनको समस्या बुझेनन् ।
जसकारण उनले सबैबाट आश मारेर आत्मदाह गर्नुपर्ने बाध्यतामा परेर ज्यान गुमाए । यसका पछाडि यो देशका सबै राज्य सञ्चालक जिम्मेवार छन् । तर सबैभन्दा ठूलो जिम्मेवार सरकार चलाउने र धराशायी अर्थतन्त्रको नेतृत्व गर्ने अर्थमन्त्री विष्णु पौडेल हुन् ।
उनी अर्थमन्त्री भएपछि देशको जर्जर अर्थतन्त्र उकास्ने कुनै नयाँ योजना ल्याउन सकेनन् । उनले युवा उद्यमी, जो ऋणमा फसेका छन्, उनीहरूलाई उकास्न सक्नुपर्थ्यो । तर त्यसका लागि उनले कुनै प्रयास गरेका छैनन् ।
यो सबैभन्दा ठूलो समस्या हो । आत्मदाह गरेर ज्यान गुमाएका प्रेम आचार्यले सामाजिक सञ्जाल फेसबुकमा अर्थतन्त्रका चुरो कुरा खोतलेका छन् । यो देश कसरी डामाडोल हुँदैछ, ठूला व्यापारीले साना व्यापारीलाई कसरी निल्दै गएका छन् ।
यी सबै रहस्य खोलेका उनले अहिलेको अवस्था आउनुमा सबैभन्दा ठूलो कारक अर्थव्यवस्था हो । यही अर्थव्यवस्था र युवा उद्यमीमैत्री कानून तथा सिस्टम नहुँदा आज लाखौँ युवा विदेश पलायन हुन बाध्य छन् ।
यो बाध्यताबीच लाखौँ युवाहरूको आशमा ठूलो धक्का लागेको छ । खाली सरकार बनाउने र ढाल्ने खेलमा सक्रिय राजनीतिक दलका नेताहरूले यसमा जिम्मेवार हुन आवश्यक छ । त्यो भन्दा ठूलो कुरा यतिबेला सत्तामा रहेका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले यसको नैतिक जिम्मेवारी लिन आवश्यक छ ।
त्यसमा पनि अर्थमन्त्री विष्णु पौडेलले कम्तीमा नैतिकताका हिसाबले पदबाट राजीनामा दिनुपर्छ ।