युवा उद्यमीले आत्मदाह गर्दा रमिते बनेका अर्थमन्त्री « Khabarhub

युवा उद्यमीले आत्मदाह गर्दा रमिते बनेका अर्थमन्त्री


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रेम प्रसाद आचार्य एक युवा उद्यमी थिए । जसले दर्जनौँ व्यापार गरे । सबैभन्दा ठूलो त उनले स्वदेशी उत्पादन बढाए । त्यो उत्पादन काठमाडौँदेखि दक्षिण एसिया र युरोपसम्म पनि पुर्याए ।

तर उनले उद्यमी गरेबापत पाउनुपर्ने प्रोत्साहन पाएनन् । ठूलो कुरा व्यापार गरेर जुन नाफा र घाटाको सन्तुलन हो, त्यो मिलाउन सकेनन् । खासगरी ठूला व्यापारीले उनको सामान लिएबापत पैसा फिर्ता गरेनन् ।

त्यही पैसा नपाउँदा ऋणको दलदलमा फसेका उनले जीवन बाच्न सकेनन् । जतिपटक प्रयास गर्दा पनि आफ्नो जिविकोपार्जन उकास्न नसकेका उनले अन्ततः निकै ठूलो आत्मदाह गर्ने निर्णय लिएँ ।

बानेश्वरमा मंगलबार आत्मदाह गरेका युवाको मृत्यु हुनुमा राज्य सबैभन्दा ठूलो जिम्मेवार हो । एक युवा उद्यमीले सबै प्रयास गर्दा पनि बाच्ने उपाय लगाउन सकेनन् । जसकारण उनको दुःखान्त बुधबार काठमाडौँको कीर्तिपुर अस्पतालमा अन्त्य भयो ।

आफैँले लगाएको आगोका कारण उनको ८० प्रतिशत शरीर जलेको थियो । त्यही समस्याका कारण डाक्टरहरूले प्रयास गर्दा पनि उनको ज्यान जोगिन सकेन । उनले यति कठोर निर्णय गर्नुका पछाडि राज्य मात्रै होइन, नेपाली राजनीतिक दल, समाजसेवी कसैले पनि गम्भीरसँग उनको समस्या बुझेनन् ।

जसकारण उनले सबैबाट आश मारेर आत्मदाह गर्नुपर्ने बाध्यतामा परेर ज्यान गुमाए । यसका पछाडि यो देशका सबै राज्य सञ्चालक जिम्मेवार छन् । तर सबैभन्दा ठूलो जिम्मेवार सरकार चलाउने र धराशायी अर्थतन्त्रको नेतृत्व गर्ने अर्थमन्त्री विष्णु पौडेल हुन् ।

उनी अर्थमन्त्री भएपछि देशको जर्जर अर्थतन्त्र उकास्ने कुनै नयाँ योजना ल्याउन सकेनन् । उनले युवा उद्यमी, जो ऋणमा फसेका छन्, उनीहरूलाई उकास्न सक्नुपर्थ्यो । तर त्यसका लागि उनले कुनै प्रयास गरेका छैनन् ।

यो सबैभन्दा ठूलो समस्या हो । आत्मदाह गरेर ज्यान गुमाएका प्रेम आचार्यले सामाजिक सञ्जाल फेसबुकमा अर्थतन्त्रका चुरो कुरा खोतलेका छन् । यो देश कसरी डामाडोल हुँदैछ, ठूला व्यापारीले साना व्यापारीलाई कसरी निल्दै गएका छन् ।

यी सबै रहस्य खोलेका उनले अहिलेको अवस्था आउनुमा सबैभन्दा ठूलो कारक अर्थव्यवस्था हो । यही अर्थव्यवस्था र युवा उद्यमीमैत्री कानून तथा सिस्टम नहुँदा आज लाखौँ युवा विदेश पलायन हुन बाध्य छन् ।

यो बाध्यताबीच लाखौँ युवाहरूको आशमा ठूलो धक्का लागेको छ । खाली सरकार बनाउने र ढाल्ने खेलमा सक्रिय राजनीतिक दलका नेताहरूले यसमा जिम्मेवार हुन आवश्यक छ । त्यो भन्दा ठूलो कुरा यतिबेला सत्तामा रहेका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले यसको नैतिक जिम्मेवारी लिन आवश्यक छ ।

त्यसमा पनि अर्थमन्त्री विष्णु पौडेलले कम्तीमा नैतिकताका हिसाबले पदबाट राजीनामा दिनुपर्छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १ : ५४ बजे

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार