भारतीय सेनाले सैनिकलाई ‘मार्शल आर्ट्स’ को तालिम दिने « Khabarhub

भारतीय सेनाले सैनिकलाई ‘मार्शल आर्ट्स’ को तालिम दिने


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धारिलो हतियारद्वारा हुने आक्रमणको प्रतिरोध गर्न तथा हात हालाहालको अवस्थामा चुस्तताका लागि भारतीय सेनाले सैनिकहरुलाई ‘मार्शल आर्ट्स’ को तालिम दिने भएको छ । भारतीय सेनाप्रमुख जनरल मनोज पाण्डेले शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि सैनिकहरुलाई विशेष ‘मार्शल आर्ट्स’ को तालिम दिन लागिएको बताएका हुन् ।

रक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय अनलाइन द प्रिन्टले जनाएअनुसार ‘मार्शल आर्ट्स’ तालिममा सैनिकलाई घरेलु हतियारको प्रतिरोध गर्न पनि प्रशिक्षण दिइनेछ ।

यसअघि भारतीय सेनामा सैनिकलाई ‘मार्शल आर्ट्स’ को विशेष तालिमको व्यवस्था थिएन । यद्यपि भारतीय सेनाका गोर्खा, आसाम र नागा एकाईमा तैनाथ सैनिकलाई भने एकाईअनुसार आफ्नै मौलिक एवम् विशिष्ट किसिमको ‘मार्शल आर्ट्स’ को प्रशिक्षण दिने गरिएको द प्रिन्टले उल्लेख गरेको छ ।

युद्धको प्रकृति परिवर्तन हुँदै गएको र सैनिकलाई सबै किसिमबाट चुस्त राख्नका लागि भारतीय सेनाले नयाँ तालिमको योजना अघि सारेको हो ।

पछिल्लो समय सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच बेलाबेला हात हालाहालको अवस्था सिर्जना भएको सन्दर्भमा भारतीय सेनाले नयाँ प्रशिक्षण योजना ल्याएको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ६ : ४४ बजे

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६