‘संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ’ « Khabarhub

‘संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ’


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उनलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘नेपालको संविधानको संरक्षण, राष्ट्रियताको सम्वर्द्धन र नेपाली जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा र  जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु ।’

उनले आफूलाई संघीय संसद् र प्रदेशसभामा रहेका सबै दलका सबै साथीहरूको अपार स्नेह र सद्भाव रहेको विश्वास व्यक्त गरे। नेता पौडेलले भने, ‘म सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यो राष्ट्रको जर्गेना गरौँ, संविधानको रक्षा गरौँ ।’

उनले ७० वर्षसम्म लडेर प्राप्त गरेको राजनीतिक व्यवस्थाको टुङ्गो लगाउन सफल भएको र यसको ठूलो महत्त्व रहेको उल्लेख गर्दै यसमा खेलबाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास भएको बताए। यसप्रति सबै नेपाली सजग हुनुपर्ने नेता पौडेलको भनाइ थियो ।  

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही फागुन २५ गते राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पार्टीका तर्फबाट पार्टीका पूर्व कावा सभापति एवं पूर्वसभामुख पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्व पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन सबै राजनीतिक दल एवं प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सबै सदस्यमा अनुरोध गरेको छ ।  

यसैगरी बैठकले आगामी वैशाख १० गते  चितवन निर्वाचन क्षेत्र नं २  मा हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ । साथै उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा कांग्रेस दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १२ : १७ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार