‘संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ’ « Khabarhub

‘संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ’


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उनलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘नेपालको संविधानको संरक्षण, राष्ट्रियताको सम्वर्द्धन र नेपाली जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा र  जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु ।’

उनले आफूलाई संघीय संसद् र प्रदेशसभामा रहेका सबै दलका सबै साथीहरूको अपार स्नेह र सद्भाव रहेको विश्वास व्यक्त गरे। नेता पौडेलले भने, ‘म सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यो राष्ट्रको जर्गेना गरौँ, संविधानको रक्षा गरौँ ।’

उनले ७० वर्षसम्म लडेर प्राप्त गरेको राजनीतिक व्यवस्थाको टुङ्गो लगाउन सफल भएको र यसको ठूलो महत्त्व रहेको उल्लेख गर्दै यसमा खेलबाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास भएको बताए। यसप्रति सबै नेपाली सजग हुनुपर्ने नेता पौडेलको भनाइ थियो ।  

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही फागुन २५ गते राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पार्टीका तर्फबाट पार्टीका पूर्व कावा सभापति एवं पूर्वसभामुख पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्व पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन सबै राजनीतिक दल एवं प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सबै सदस्यमा अनुरोध गरेको छ ।  

यसैगरी बैठकले आगामी वैशाख १० गते  चितवन निर्वाचन क्षेत्र नं २  मा हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ । साथै उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा कांग्रेस दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १२ : १७ बजे

टी-२० विश्वकपमा वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड ३५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित

सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित

काठमाडौं– जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल

कांग्रेस देश बदल्ने अभियानमा छ, एक भएर निर्वाचनमा जुटाैँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४

काठमाडौंमा दाङका कांग्रेस उम्मेदवारको समर्थनमा युवा भेला

काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै

नाइजेरियामा दुई आक्रमण, ३० जनाको मृत्यु

जोस– नाइजेरियाको मध्य क्षेत्रस्थित बेन्यु राज्यका दुई स्थानमा केही दिनको