राष्ट्रपतिमा आफू सर्वसम्मत चयन हुने पौडेलको विश्वास  « Khabarhub

राष्ट्रपतिमा आफू सर्वसम्मत चयन हुने पौडेलको विश्वास 


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भावी राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरे पछि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सर्वसम्मत चयन हुनेमा विश्वास व्यक्त गरेका छन ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गराए पछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरेका हुन । 

 ‘ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु।’ पौडेलले सञ्चारकर्मीसँग भने, ‘मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो। निर्वाचनको दिनसम्म कोसिस रहन्छ।’ 

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने उनको भनाई छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ३ : ०७ बजे

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको

पहिलो त्रैमासिकमा जिल्ला प्रशासन मनाङ देशभरकै उत्कृष्ट

काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को पहिलो त्रैमासिकमा मनाङ

सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।