चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाउन जनप्रतिनिधि अग्रसर  | Khabarhub Khabarhub

चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाउन जनप्रतिनिधि अग्रसर 


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने सोँचका साथ नगरपालिका अगाडि बढेको जानकारी दिए।

स्थानीय ऋचा सह शिक्षा सदनको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ उपत्यकाभित्र शैक्षिक केन्द्रका रुपमा नगर क्षेत्रलाई विकास गर्ने योजनाका साथ आफूहरू लागिपरेको बताए। शैक्षिक क्षेत्रलाई जनउपयोगी एवं बहुउपयोगी बनाउनका लागि यस क्षेत्रमा आबद्ध भएका सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग जरुरी रहेको भन्दै नगर प्रमुख गिरीले कोरा शैक्षिक ज्ञानभन्दा पनि विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने बताए।

नगरप्रमुख गिरीले शिक्षक, अभिभावकको सार्थक साथ र सहयोग रहेमात्रै मुलुकले अपेक्षा गरेको जनशक्ति उत्पादन हुनसक्ने उल्लेख गरे । कार्यक्रममा नगरका उपप्रमुख वसन्ती श्रेष्ठले नगरपालिकाभित्र रहेका आर्थिकरूपमा कमजोर छोरी बुहारीलाई उच्च शिक्षाका लागि सहयोग उपलब्ध गराइने बताए। उनले कुनै पनि छोरीबुहारी पढ्न पाइएन भनेर बस्नु नपर्ने भन्दै नगरपालिकाकोतर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने उल्लेख गरे ।

यस्तै शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट चरणवद्धरुपमा योजना अगाडि सारिएको र त्यसलाई व्यावहारिक कार्यान्वयन गरिने बताए। सो विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज खड्काले ठूलो मेहनतका साथ शैक्षिक क्षेत्रमा केही गरौँ भन्ने सोच राखेर आफूहरू ज्ञान बाँड्न अग्रसर रहेको बताए।

उनले आफ्नो सानो प्रयासलाई यस क्षेत्रका अभिभावक र विद्यार्थीले साथ दिएकामा प्रसन्नता व्यक्त गरे । सो अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगरप्रमुख गिरीले सम्मान गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : ५७ बजे

किरणको कटाक्ष- ‘प्रदेश सरकार हटाऔँ, क्याण्डीक्रस खेलेर दिन काट्ने सिंहदरबारका कर्मचारी घटाऔँ’

किरण राई (४०) दुई पटक भोजपुरको पौवादुङ्मा गाउँपालिका प्रमुख चुनिए

अदालतमा आगो लगाएपछि चौतारातिर खुल्यो ‘जनअदालत’

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

किस्ट अस्पतालमा तोडफोड, मृतकका आफन्त र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं– बिरामीको मृत्युलाई लिएर किस्ट अस्पतालमा तनाव भएको छ ।

‘जारी २’ को ट्रेलर : दोहोरियो दयाहाङ-मिरुनाको झगडा, यसपाली छोरी छोडेर माइती

काठमाडौं – कात्तिक २१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जारी

थप १ सय ४४ जनामा डेंगु सङ्क्रमण, सङ्क्रमित ६ हजार नाघे

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४४ जनामा डेंगुको