बजार अनुगमनको विरोधमा हरिवनमा व्यापारीहरूको प्रदर्शन « Khabarhub

बजार अनुगमनको विरोधमा हरिवनमा व्यापारीहरूको प्रदर्शन


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्लाहीको हरिवनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको अनुगमन टोलीले बजारको अनुगमन गरेको भन्दै स्थानीय व्यापारीले विरोध गरेका छन् । अनुगमन टोलीले अचानक आएर बजार अनुगमन गरेको भन्दै आक्रोशित भएका स्थानीय व्यापारीले केही समय पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको अनुगमन टोलीले अचानक हरिवन बजार आएर अनुगमन गरी सामान्य गल्ती, कमी–कमजोरीमा पनि जरिवाना तोकेको भन्दै हरिवनका व्यापारी आक्रोशित भएका उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष मोहन श्रेष्ठले बतए । कार्यालयले कुनै जानकारी नै नगराई आएको र अहिलेको देशको परिस्थितिअनुसार बजार अनुगमनको कुनै आवश्यकता नरहेको अध्यक्ष श्रेष्ठले बताए ।

बजार अनुगमन गर्नु स्वाभाविकै भए पनि अहिले देशको आर्थिक अवस्थाका कारण व्यापारीहरू आत्मदाह गर्ने अवस्थामा पुगेका र यो अवस्थामा गरिएको बजार अनुगमनले व्यापारीलाई डस्ने काम मात्र गरेको चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले बताए ।

उनका अनुसार बजार अनुगमनका क्रममा अनुगमन टोलीले व्यापारीका सामान्य कमी–कमजोरीमा पनि सचेत गराउनुपर्नेमा एकैपटक जरिवाना तोकेका कारण हरिवनका व्यापारी आक्रोशित भएका हुन् । अनुगमन टोलीले अचानक आएर सामान्य कमी–कमजोरीमा पनि जरिवाना तोकेपछि आक्रोशित हरिवनका व्यापारीले केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेपछि अनुगमन टोली फर्किएको अध्यक्ष प्रधानले बताए ।

उपभोक्ता संरक्षण ऐनअनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको टोलीले बजार अनुगमन गरेको निमित्त कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले बताए ।

देशको आर्थिक अवस्था खराब छ भन्दैमा अनुगमन नै गर्नु नपर्ने भन्ने नरहेको र व्यापारीहरूले राज्यको कानून पालना गरेका छन् कि छैनन्, बजारमा कुनै गैरकानूनी कार्य भएका छन् कि छैनन्, व्यापार–व्यावसाय सञ्चालन गर्न नियमानुसार राज्यको कानूनमा बाँधिएका छन् कि छैनन् भन्ने विषयमा अनुगमन गरिएको र सचेतसमेत गराएको निमित्त कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । उहाँले राज्यले तोकेको कानूनको पालना गर्ने व्यापारीलाई अनावश्यक दुःख नदिएको बताए ।

यता व्यापारीले अनुगमन टोलीले मानवीयता त्यागेर व्यापारीलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । स्थानीय व्यापारीको चर्को विरोधपछि अनुगमन समिति अनुगमन छाडेर फर्किएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : १४ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा