धर्म र संस्कृति समाज विकासको आधार : प्रदेश प्रमुख गुरुङ | Khabarhub Khabarhub

धर्म र संस्कृति समाज विकासको आधार : प्रदेश प्रमुख गुरुङ


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धर्म र संस्कृति समाज विकासको आधार भएको बताएका छन्। पोखराको पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफा व्यवस्थापन समितिको २६ र २७ औँ साधारणसभा एवं १०औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले धार्मिक एवं सांस्कृतिक माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

“धार्मिक पर्यटन प्रवद्र्धनसँगै त्यसबाट हुने आम्दानीले समाजको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको छ”, उनले भने, “यस्ता क्षेत्रको संरक्षण र विकासमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुको विकल्प छैन ।”

गुप्तेश्वर गुफाको आम्दानीबाट बहुमुखी क्याम्पस र गुरुकूल आश्रम सञ्चालन गर्नु समाज तथा राज्यका लागि महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले यसको भौगोलिक अवस्थाको अध्ययन अनुसन्धान गर्न पहल गर्ने विश्वास व्यक्त गरे

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले गुप्तेश्वर गुफा पर्यटकीय नगरी पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भएको जनाउँदै आम्दानीबाट गुफाको विकाससँगै यस क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । प्रदेशसभा सदस्य विन्दुकुमारी पौडेल पहारीले धर्म संस्कृति र परम्पराको संरक्षणका लागि सवैको कर्तव्य भएको बताए ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगी, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्साल, झपिन्द्रराज रेग्मी, उत्तम सिग्देल, गोपाल बराल, तीर्थराज अधिकारी लगायतले गुफाको उत्पति, व्यवस्थापन र यसले खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए।

गुफाको विकासमा सहयोग पु¥याउनु हुने एक दर्जनभन्दा बढीलाई सम्मान गरिएको कार्यक्रममा सचिव हरिप्रसाद लम्सालले वार्षिक र कोषाध्यक्ष ऋषि बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ४२ बजे

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा