चलचित्रमा पुस्तान्तरण आवश्यक छ | Khabarhub Khabarhub

चलचित्रमा पुस्तान्तरण आवश्यक छ


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जसको अभिनय, लेखन, निर्देशन र निर्माणको सिर्जनशीलतामा नेपाली चलचित्रको एउटा इतिहास समेटिएको छ। भर्खरै भएको निर्वाचनमा नेपाल चलचित्र कलाकार संघको अध्यक्ष निर्वाचित मोहन निरौलासँग नेपाली चलचित्र कलाकार र कलाकारिता क्षेत्रका विषयमा आधारित रहेर प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको लागि चलचित्र कर्म के हो ?
यो एउटा जीवन पद्धति नै बनिसक्यो। सुरुवातको दिनदेखि नै जागिर नखाएर यसमा निरन्तर लागेको व्यक्ति हुँ। तीन वर्षमा एउटा एउटा फिल्म बन्थ्यो। फिल्ममा मात्र काम नपाएर म नाटक क्षेत्रमा लागेँ। २०४० सालमा हेम लामाको निर्देशनमा बनेको चलचित्रमा मैले सानो अभिनय गर्ने मौका पाएको थिएँ। त्यो समयदेखि यता निरन्तर रूपमा नै काम गरिरहेको छु। मैले ‘दुई लास एक चिहान’मा खलनायकको भूमिका निभाएको छु। पहिलाको अभिनय र अहिलेको अभिनयमा धेरै फरक पाएको छु। अहिलेका टेलिशृङ्खलामा भावको गहिराइ देखिँदैन।

पछिल्लो समयका टेलिश्रृखलामा भाव तथा गहिराई हुँदैन भन्नुको कारण के हो ?
समय परिर्वनशील हुन्छ। पुस्ता परिवर्तन हुन्छ। हामी पुरानो पुस्ताका मान्छे हौं। नयाँ पुस्ताले नयाँ सोच ल्याएरहेका छन्। प्रविधि नयाँ आएको छ। यो सिक्ने कर्म गर्ने स्थान हो। त्यसलाई अङ्गालेर जानुपर्छ। नयाँ आएका कलाकारमा कमजोर पक्ष छ भनेर त म मान्दिन। त्यसलाई राम्रो बनाउँन सकिन्छ। अहिलेको समयमा नयाँ प्रविधिका कारण अगाडि बढ्नुपर्ने हुन्छ।

चलचित्र कलाकार संघको अध्यक्ष निर्वाचित हुनुभएको छ। अब कसरी अगाडि बढ्ने योजना बनाउनुभएको छ ?
हामी चलचित्र क्षेत्रको विकास र समृद्धिका लागि अगाडि बढ्नुपर्छ। नेतृत्वमा जो आए पनि ठूलो फरक पर्दैन। सबैले गर्ने काम भनेको चलचित्र क्षेत्रको विकास र समृद्धिकै लागि हो। नेपाली चलचित्रको स्थिति दिनदिनै खस्किँदै गएको छ। चलचित्र क्षेत्रको विकास विस्तार, संरक्षण र सम्वद्र्धनका लागि धेरै काम गर्न सकिन्छ। पेसागत सुरक्षा सम्मानका कुराहरू, स्वास्थ्यका कुराहरू, निरन्तर यस क्षेत्रमा लाग्ने व्यक्तिलाई सम्मान गर्न सकिन्छ।

राज्यले चलचित्रलाई पछाडि राख्यो भन्ने अभिव्यक्ति तपाईंको छ किन होला ?
योभन्दा अगाडि उद्योगको श्रेणी पायो। तर त्यसले के कस्तो सेवा वा सहुलियत प्राप्त गयो त्यो प्रस्ट भएको छैन। त्यसलाई राज्यले अलिकति सुविधा दिनुपर्छ। कलाकारलाई पनि राज्यले केही सहुलियत दिनुपर्छ जस्तो मलाई लाग्छ।

अन्तर्राष्ट्रिय चलचित्रले हाम्रो बजार कब्जा गरिराखेको छ। यो अवस्थालाई कसरी सुधार गर्ने?
यसमा हाम्रो केही कमी कमजोरी रहेका छन्। नेपालमा विभिन्न मातृ भाषाका पनि चलचित्र बन्ने हुन्छन्। त्यस कारण पनि त्यसले आफ्नो गन्तव्य पाएको छैन। यो हाम्रो कमजोरी हो। यसलाई सुधार गर्नसके चलचित्र बजार हाम्रो लागि राम्रो छ।

पुराना कलाकार र नयाँ सिक्दै गरेका कलाकारमा के फरक पाउनु हुन्छ ?
नेपाली चलचित्र क्षेत्रमा पाँच वर्ष एउटा पुस्ताले धान्छ। जुनसुकै क्षेत्रमा पनि पुस्ता परिवर्तन हुनुपर्छ। पुस्ता परिवर्तन भएन भने संसार नै परिवर्तन हुँदैन। कलाकारिता क्षेत्रमा नयाँ पुस्तालाई अभिप्रेरणा दिन सक्नुपर्छ।

चलचित्र कलाकारको चुनावबारे चलचित्रकर्मीलाई भन्दा राजनीति गर्ने मान्छेलाई बढी जानकारी हुन्छ किन होला ?
यसमा पनि हाम्रो नै कमीकमजोरी हुनसक्छ। कलाकार संघमा केही न केही रूपमा कहिले उपाध्यक्ष, महासचिव भएर त्यसको वरिपरि नै रहेको छु। अहिले म अध्यक्षमा विर्नाचित भएको छु। चुनावको बेला मात्र आकर्षित गर्ने एक हाम्रो कमजोरी हो। त्यसलाई म मान्छु। यो कुरामा हामीमाझ बहस भएको छ। त्यसको कार्यान्वयन ल्याउने प्रयास अब हामी गर्नेर्छौं।

चलचित्र बजार साँगुरिएको जस्तो भन्ने गुनासो छ। त्यसमा नेपाल चलचित्र संघले के गर्न सक्छ ?
चलचित्र बजार साँगुरिनु र दर्शक माझ सम्पूर्ण रूपमा हाम्रो सूचना पुग्न नसक्नुमा हामी भने तल्लो तहको दोषी भएका छौं। कुन खालको चलचित्र हाम्रो बजारमा चल्छ। विदेशी चलचित्र प्रतिको आकर्षणबाट हटाएर नेपाली चलचित्रमा आकर्षण कसरी गराउन सकिन्छ भन्ने बहस आवश्यक रहेको छ।

चलचित्रको भविष्य कस्तो होला तपाईंलाई कस्तो लाग्छ ?
पुस्ता परिवर्तन, समय परिवर्तन, परिवर्तित समयसँगै कालखण्डसँग सँगै हामी जानुपर्छ। समय अनुसार जुन छ त्यसैमा चल्नुपर्छ र अगाडि बढ्नुपर्छ। मान्छेको जीवन शैलीमा पनि समय अनुसार नै परिवर्तन हुनुपर्छ।

चलचित्रसँगै जीवन र यसको बुझाइका कुरा गरौँ। जीवनको बुझाई के हो ?
यो नियमित प्रकृया हो। यो जीवन प्रकृतिले दिएको हो। प्रकृतिले जसरी लान्छ हामी त्यसै गरी अगाडि बढ्नु पर्छ।

जीवनको अन्तिम सत्य के हो ?
मृत्यु नै हो। जुन मान्छे जन्मेपछि मर्नु नै पर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ७ : ४४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी