सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छ : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छ : प्रधानमन्त्री प्रचण्ड


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको जनाएका छन् ।

शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको जनाएका हुन् ।

प्रधानमन्त्रीले भने, “मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु । तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर सम्वाद र अन्तरक्रिया गर्दै आइरहेको छु । यसबाट नै तपाईहरूलाई प्रष्ट हुन्छ– वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ।”

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  २ : ३० बजे

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुन

भारतको गुजरातमा अन्तरिक्षबाट देखिने वायुऊर्जा केन्द्र सञ्चालनमा

काठमाडौं– भारतको गुजरातमा २ सय वर्गमाइल क्षेत्रफलमा वायुऊर्जा केन्द्र सञ्चालनमा

विपद् व्यवस्थापन तयारीका लागि थोराङ्ला भञ्ज्याङको अनुगमन

मनाङ– मनाङमा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ । मनसुन

दरबाङ–म्याग्दीखोला जलविद्युतको दोस्रो अडिटमा सुरुङको काम सुरु

म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट

सनसनीपूर्ण खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले