यूके पुग्छ खोटाङमा उत्पादित कठुवा « Khabarhub

यूके पुग्छ खोटाङमा उत्पादित कठुवा


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा चदरा व्यवसाय लोपोन्मुख बनिरहँदा चदरा व्यवसायीले उत्पादन गरेको काठका सामानको माग भने बढ्दो छ । चदरा व्यवसाय सम्वन्धी सीप भएका पुस्ताको अन्त्या हुन लाग्दा काठका सामानको माग भने घटेको छैन । चदरा व्यवसाय सञ्चालन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका चन्द्रबहादुर बिक र ओमराज बिकलाई काठका सामान बनाउन भ्याइनभ्याई छ ।

बिकद्धयले खोलाको पानीले मोटर घुमाएर दारको काठबाट ठेका, ठेकी, कठुवा, तोङबाको भाँडो, दुधेरी, दही जमाउने भाँडो, कुरुवा, हर्पे, बटुका, स्ट्रे, गिलास, गम्भु लगायतका सामान उत्पादन गर्दैआएका छन् । उत्पादित स–साना कठुवा ९टुक्से० काठ्माडौंदेखि यूकेसम्म पुग्ने गरेको छ ।

चन्द्रबहादुर काका र ओमराज भतिजा हुन् । उनीहरुले जालपाको कादेलस्थित लुम्झु खोलाको किनारमा चदरा उद्योग चलाइरहेका छन् । बिकद्धयले बिक्रीका लागि काठमा सामान तयार गर्न पर्दैन । बिक्रीका लागि बजार खोज्दै हिँड्न पर्दैन । काकाभतिजलाई ‘अर्डर’ अनुसारको सामान बनाउ नै भ्याइनभ्याइ हुने गरेको छ । चदरा व्यवसायबाट मासिक २५९३० हजार आम्दानी हुने गरेको ओमराज बताउँछन् ।

जालपाका बिक परिवारको पुर्खौली पेशा हो चदरा व्यवसाय । खोटाङमा हालसम्म चदरा व्यवसायलाई बचाउने सम्भवतः बिकद्धय मात्र बाँकी रहेको जालपाका वडाध्यक्ष दानबहादुर राई दावी गर्छन् । बिकद्धयले उत्पादन गरेका काठका कतिपय भाँडाकुँडा दिक्तेलबजारका कोसेली घर पशलमा विक्रीका लागि राख्ने गरिएको छ ।

यद्यपी, उनीहरुले उत्पादन गरेको काठका अधिकांश सामान युके पुग्ने गरेको छ । युकेमा बस्ने किरात समुदाय उनीहरुको मुख्या ग्राहक हुन् । घुमन्ते चदरा व्यवसायीले विभिन्न ठाउँमा पुगेर काठका सामान बनाउँछन् तर जालपामा उत्पादित सामान ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको छ ।

सजिलो र परपर्दो पेशा
चन्द्रबहादुर र ओमराजले बाल्यवस्थामै बाबुबाजेबाट चदरा व्यवसाय सम्वन्धी सीप सिकेका हुन् । तर चन्द्रबहादुर मजदुरीको कामका लागि भारतसम्म पुगे । भवन निर्माण सम्वन्धी काम सिके । गाउँ फर्किएर पनि भवन निर्माण सम्वन्धी काम गरे । उमेर ढल्किदै गएपछि र भारी काम गर्न असहज हुन थालेपछि उनले दुई वर्षदेखि चदरा व्यवसायलाई नै निरन्तरता दिएका हुन् ।

ओमराजले पनि १४र१५ वर्षकै उमेरमा काठका भाँडाकुँडा बनाउन सिकेका थिए । पैसा कमाउने सपना बोकेर बैदेसिक रोजगारीका सिलसिलामा मलेसिया पुगे । विदेशमा गरेको दुःखले उनलाई आफ्नै गाउँमा पसिना बगाउने उत्प्रेरणा मिल्यो । चार वर्षदेखि ओमराज लम्झु खोलामा छाप्रो बनाउर चदरा व्यवसाय चलाउन तल्लिन छन् ।

चदरा व्यवसायीले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर पुगेर दारका काठ ल्याउने गरेका छन् । सामान बनाउने दारको रुखलाई प्रतिवटा १०र१५ हजारदेखि २४र२५ हजारमा खरिद गरेर ल्याउने गरिएको छ । उनीहरु दिनभर खोलामा बनाइएको छाप्रोभित्र छिनो प्रयोग गरेर काठका भाँडाकुँडा खोपिरहेका हुन्छन् । खाना त्यही बनाएर खान्छन् । साँझ परेपछि मात्र घर जाने गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ०६ बजे

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारको अग्रसरता

काठमाडौं– स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष

बहाव उच्च भएसँगै बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक– सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२:३० बजेदेखि

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

बुनिया (कङ्गो)- पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक

१२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा